Recent Posts

Join us on Facebook Follow us on Twitter

Thursday, July 23, 2015

१३ ‍औँ मौद्रिक नीति सार्वजनिक हुँदै, बै‌ंकहरुको पुँजी आठ अर्ब रुपैयाँ पुर्याउने

नेपाल राष्ट्र बैंकले बाणिज्य बै‌ंकहरुको पुँजी आठ अर्ब रुपैयाँ पुर्याउने भएको छ । राष्ट्र बैंकले केहि बेरमा सार्वजनिक हुने १३ औँ मौद्रिक नीतिमा यो व्यवस्था गर्न लागेको हो । साथै केन्द्रिय बैंकले राष्ट्रिय स्तरका विकास बै‌ंकहरुको पूँजी समेत साढे दुई अर्ब रुपैयाँ पुर्याउनु पर्ने प्रावधान राख्ने भएको छ।    

गभर्नर डा. चिरञ्जिवी नेपालको पहिलो र नेपाल राष्ट्र बैंकले जारी गर्ने १३औं मौद्रिक नीति अहिले सार्वजनिक हुँदैछ। नेपाल राष्ट्र बैंक ऐन २०५८ लागू भएपछि मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो।

No comments:

Post a Comment