Recent Posts

Join us on Facebook Follow us on Twitter

Friday, July 24, 2015

विप्लव माओवादीको बन्दले उपत्यकाको जनजीवन प्रभावित, दर्जन बढी समातिए, डिलक्स बस तोडफोड

८ साउन, काठमाडौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण शुक्रबार  विहानैदेखि राजधानी लगायतको जनजीवन प्रभावित भएको छ । 


बन्दका कारण प्रहरीले काठमाडौ उपत्यकामा प्रहरीले सुरक्षा ब्यवस्था कडा पारेको छ । प्रहरीले विहानैदेखि जर्बजस्ती यातायात बन्द गराउँदै हिड्ने विप्लव माओवादीका नेता कार्यकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।

बन्द गराउँदै हिड्ने क्रममा माओवादी पोलिटब्युरो सदस्य तिलक परियार, केन्दि्रीय सदस्य चिरञ्जीवी ढकाल, अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीसहित दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
परियारलाई बानेश्वरबाट र रसाइलीलाई कोटेश्वरबाट पक्राउ गरिएको अखिल क्रान्तिकारीका महासचिव खगेश्वर केसीले बताए ।

बन्दकर्ताहरुले शुक्रवार विहान महाराजगञ्ज चोकमा डिलक्स बस तोडफोड गरिदिएका छन् । बन्दकर्ताहरु काठमाडौको बनस्थली तथा कलंकी चोकमा प्रदर्शन गरिरहेका छन् ।

No comments:

Post a Comment