Recent Posts

Join us on Facebook Follow us on Twitter

Tuesday, July 28, 2015

भारतका पूर्व राष्ट्रपति पूर्व राष्ट्रपति अब्दुल कलामको निधन

Abdul-kalam११ साउन, काठमाडौं । भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको निधन भएको छ । ८३ वर्षको उमेरमा कलामको शिलोङमा निधन भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

एक कार्यक्रममा भाषण गर्दा गर्दै उनी लडेका थिए । गम्भीर घाइते भएका उनलाई अस्पताल लगिएको थियो । तर, उनको त्यहाँ मृत्यु भएको हो ।


अब्दुल कलाम भारतका बैज्ञानिक समेत हुन् । उनी २००२ देखि २००७ सम्म भारतका राष्ट्रपति थिए । राष्ट्रपतिको कार्यकाल सकिएपछि उनले अध्यापनको काम गरे ।

 उनलाई मिसाइल म्यानले पनि चिनिन्छ । कलामको निधनपछि भारत सरकारले सात दिन राष्ट्रिय शोकको घोषणा गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

No comments:

Post a Comment