Recent Posts

Join us on Facebook Follow us on Twitter

Monday, July 27, 2015

काम गरेर फर्केकालाई फेरि कोरिया जाने अवसर, कोरियामा गैर कानुनी बसोबास गर्नेले अवसर नपाउने

काठमाडौँ । कोरियामा काम गरेर फर्किएकालाई कोरिया सरकारले पुन: रोजगारीका लागि लैजाने भएको छ। सन् २०१० जनवरी अघि भिषा अवधि हुदाँ हुदैँ स्वच्छिक रुपमा नेपाल फर्किएकाहरुले पुन: कोरिया जाने अवसर पाएका हुन्। उनीहरुले कोरियामा कृषि तथा पशुपालन, उत्पादनमुलक, सेवामुलक, निर्माण र मत्स्यपालनमा रोजगारी पाउनेछन्।


तर उनीहरुले विशेष परिक्षा पास गर्नुपर्ने व्यवस्था थप गरिएको छ। कोरियाबाट फर्किएकाहरुले कम्युटरमा आधारित कोरियन भाषा विशेष परिक्षाको व्यवस्था मानव संशाधन विभाग कोरियाले गरेको हो।
कसले दिन पाउँछ परीक्षा ?

परिक्षामा सामेल हुन २०३२ साउन २१ गते देखि २०५४ साउन २१ गते भित्र जन्म भएको हुनुपर्नेछ। त्यस्तै परिक्षामा सामेल हुन कोरियाको मानव संशाधान विभागले विशेष परिक्षामा(स्पेशल इपीएस टोपिक) सामेल हुन सक्ने भनेर उल्लेख भएका कामदारहरुले मात्र भाग लिन पाउनेछन्। कामदारहरुले आफू स्पेशल परिक्षाका लागि योग्य भएको नभएको चेक गर्न इपीएस शाखामा कार्यालय समयमा सम्पर्क राख्नुपर्नेछ।

तर कोरियामा गैर कानुनी बसोबस गरेकाहरु भने परिक्षाका लागि योग्य नहुने इपिएस शाखाले सूचना प्रकाशित गरि जानकारी गराएको छ। परिक्षामा सामेल हुन पहिला कोरिया बसेको राहदानीको फोटोकपी समेत पेश गर्नुपर्नेछ।

परिक्षाका लागि २४ अमेरिक डलर बुझाउनुपर्नेछ।  परिक्षार्थीहरुले सुनाई र पढाईको परिक्षा दिनुपर्नेछ। उनीहरुले आधा घण्टाको समयमा दुवै  परिक्षामा २५/२५ वटा प्रश्नको सामना गर्नुपर्नेछ।

No comments:

Post a Comment