Recent Posts

Join us on Facebook Follow us on Twitter

Tuesday, July 28, 2015

आइइएलटिएसका १० हजार परीक्षार्थी अन्यौलमा

Image result for ielts१२ साउन,  काठमाडौं । काठमाडौं, कलंकीका राजाराम कार्कीले अस्ट्रेलियाको युनिभर्सिटी अफ तान्जानियास्थित कलेजबाट बायोटेक्नोलोजी अध्ययन गर्ने योजना बनाए।

सबै तयारी पूरा भयो। त्यसका लागि अंग्रेजी भाषा परीक्षा दिनुपर्ने भयो। इन्टरनेसनल इंग्लिस ल्याङ्वेज टेस्टिङ सिस्टम (आइइएलटिएस) परीक्षा दिन खोजे पनि नेपालमा उनले समयमै परीक्षा मिति पाउन सकेनन्।
राजधानीको डिल्लीबजारस्थित युनिभर्सल ल्यांग्वेज इन्स्टिच्युटमा पाँचहप्ते आइइएलटिएस परीक्षा तयारी कक्षा लिइरहेका उनको योजना थियो– आउँदो सेप्टेम्बरमा आइइएलटिएस दिने। त्यतिबेला उनी निराश भए, जब उनले उक्त अवधिका लागि परीक्षा दिने सिट संख्या बाँकी नरहेको खबर पाएको नागरिकमा खबर छ ।


‘ब्रिटिस काउन्सिलमा बुझ्दा सेप्टेम्बरसम्म प्याक छ भने,’ राजारामले दुखेसो गरे, ‘आइइएलटिएस परीक्षा दिन नपाउँदा एक वर्ष खेर जाने अवस्था आयो।’  

उनीसँग अब एउटै विकल्प छ। दिल्ली पुगेर परीक्षा दिने। यो बाटो त्यति सजिलो छैन। किनकि, त्यहाँ सजिलै मिति पाए पनि खर्च भने दोब्बर लाग्छ। 

बाराकी रचना थपलियाले पनि अस्ट्रेलियाको युनिभर्सिटी अफ इंग्ल्यान्डमा ब्याचलर इन नर्सिङ अध्ययन गर्न सबै तयारी गरिसकेकी छन्। मनमोहन मेमोरियल टिचिङ अस्पतालकी स्टाफ नर्स उनले आइइएलटिएस कोर्ससमेत पूरा गरेको बताइन् ब्रिटिस काउन्सिलबाट परीक्षा मिति नपाउँदा भने उनी तनावमा छिन् ।
‘नेपालमै परीक्षा मिति नपाएकाले शैक्षिक सत्र खेर जान नदिन मैले भारतको नयाँदिल्ली परीक्षाकेन्द्रमा अगस्ट ८ तारिखको परीक्षा मिति लिएको छु,’ रचनाले भनिन्।

रचना र राजाराम मात्र होइन, भुइँचालोपछि नेपालस्थित ब्रिटिस काउन्सिलले आइइएलटिएसको परीक्षा मिति व्यवस्थापन गर्न नसक्दा करिब १० हजार विद्यार्थी समयमा परीक्षा दिन वञ्चित छन्। यसले उनीहरुलाई विदेशमा उच्च शिक्षा हासिल गर्न जाने अवसरबाट समेत वञ्चित गराएको छ।

काउन्सिलले परीक्षा मिति व्यवस्थापन गर्न नसक्दा १० हजार विद्यार्थीको भविष्य अन्योलमा परेको डिल्लीबजारस्थित युनिभर्सल ल्यांग्वेज इन्स्टिच्युटका प्रिन्सिपल उत्तम पन्तले बताए। उनका अनुसार आइइएलटिएस परीक्षा मिति नपाउनेहरु सामाजिक, आर्थिक र मानसिक तनावमा छन्।

No comments:

Post a Comment