Recent Posts

Join us on Facebook Follow us on Twitter

Thursday, June 18, 2015

एसएलसीको नतिजा भोलि आउने

SLC (5)३ असार, काठमाडौ । गत चैतमा भएको प्रवेशिका परीक्षा एसएलसीको नतिजा भोली (शुक्रबार) आउने भएको छ । नजिता प्रकाशनको लागि माध्यामिक परीक्षा उतीर्ण बोर्डको बैठक शुक्रबारका लागि बोलाइएको छ ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले असार ४ गते नतिजा प्रकाशन गर्ने तयारी भएको बताए । कथंकदाचित शुक्रवार नतिजा प्रकाशित हुन नसके शनिवार निश्चित रुपमै प्रकाशित गरिने उनले बताए । प्राविधिक तर्फको एसएलसी परीक्षाको नतिजा प्रकाशन गर्न भने अझै केही समय लाग्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्राविधिक तर्फ भने ग्रेडिङ प्रणाली लागू गरिने भएको छ । ग्रेडिङ प्रणाली अनुसार एक प्लसदेखि ईसम्मको ग्रेड उल्लेख गरिने जनाइएको छ ।
चैतमा भएको एसएलसी परीक्षामा नियमित तर्फ चार लाख २६ हजार दुई सय १४ जना परीक्षार्थी सहभागी थिए भने एक्जाम्टेड तर्फ एक लाख ५४ हजार एक सय ८३ तथा प्राविधिक तर्फ तीन हजार दुई सय ८८ परीक्षार्थी सहभागी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment