Recent Posts

Join us on Facebook Follow us on Twitter

Wednesday, June 17, 2015

सिद्धबाबामा पहिरो खस्दा गुडिरहेको कार पुरियो, २ को मृत्यु

२ असार, भैरहवा । रुपन्देहीको सिद्धार्थ राजमार्गस्थित सिद्धबाबामा गुडिरहेको कार पहिरोमा पुरिँदा २ जनाको मृत्यु भएको छ । २ जनालाई प्रहरीले उद्धार गरेको छ ।

पाल्पाबाट बुटवल आउँदै गरेको लु १ ज २७० नम्बरको सेतो निजी जिप्सी गाडीलाई अपरान्ह पाँच बजेतिर पहिरोले पुरेको थियो ।

गाडीमाथि पहिरो खस्दा २ जनाको मृत्यु भएको र २ जना घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दिलिप घिमिरेले अनलाइनखबरलाई जानकारी दिए । सो गाडीमा चार जना सवार थिए ।


मृतक र घाइतको परिचय खुलेको छैन । डिएसपी घिमिरेका अनुसार पुरिएको उक्त गाडी कुनै अस्पतालको जस्तो देखिए पनि पुष्टि भएको छैन ।

उद्धार गरिएकाहरुलाई उपचारका लागि लुम्बिनी अंचल अस्पताल बुटवल पठाइएको छ । सुक्खा पहिरोमा पुरिएको गाडीबाट शव निकाल्ने प्रयास जारी छ ।

बाटो बन्द

बुटवल तर्फ खसेको पहिरोले सडक पूर्णरुपमा अबरुद्ध भएको छ । पहिरोका कारण बुटवलबाट लुम्बिनी अञ्चलका पहाडी जिल्लाहरुमा जाने र बुटवल फर्किने सवारी साधन बिचबाटोमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । डोजर प्रयोग गरेर सडक खुलाउने प्रयास जारी छ ।

सिद्धार्थ राजमार्गको यो सडक हुँदै पाल्पा, गुल्मी, अर्घाखाँची, पोखरा, स्याङ्जा, बाग्लुङसम्म पुग्न सकिन्छ ।

बुटवलबाट पाल्पा जाने सिद्धबाबाको ढुंगे भिर र सडक भूकम्पले क्षति पुगेको थियो । बर्षा नलाग्दै पहिरो खस्ने क्रम सुरु भएपछि यो सडक भएर हिँड्नेहरु थप त्रसित भएका छन् । वर्षायाममा सिद्धबाबामा पहिरो खस्दा पटक पटक सडक अबरुद्ध हुने गरेको छ ।

No comments:

Post a Comment