Recent Posts

Join us on Facebook Follow us on Twitter

Tuesday, May 12, 2015

फेरि ७.१ रेक्टर स्केलको भूकम्पको धक्का ! भूकम्पकाे केन्द्र दाेलखाकाे सुनखानी


२९ वैशाख, काठमाडौं । काठमाडौं र उपत्यका आसपासका जिल्लाहरमा ठूलो भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार दोलखाको सुनखानीलाई केन्द्र बनाएर ७.१ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्पको गहिराई २ किलोमिटर मात्र भएकाले आसपासका जिल्लामा ठूलो धक्का महसुस भएको छ । भूकम्पपछि मानिसहरु घरबाट बाहिर आएका छन् ।

वैशाख १२ गतेको ७.८ रेक्टर स्केलको विनोशकारी भूकम्पले त्रसित मानिसहरु फेरि भूकम्प गएपछि त्रसित भएका छन् । तर, विज्ञहरुले भने ठूलो धक्कापछि केही समयसम्म धक्का महसुस भइरहेका बताएका छन् ।
वैशाख १२ पछि आएको यो दोस्रो ठूलो भूकम्प हो । वैशाख  १२ गते ७.८ रेक्टर स्केलको भूकम्प आएको थियो । त्यसपछि आएका अनिगिन्ती धक्कामध्ये सबैभन्दा ठूलो ६.९ रेक्टर स्केलको थियो । आजको भूकम्प ७.१ रेक्टर स्केल रहेको भूकम्प मापन केन्द्रको सूचनामा देखिएको छ ।

आजको भूकम्पबाट राजधानीबासीहरु वैशाख १२ मा जस्तै त्रसित देखिएका छन् । भूकम्पको धक्कासँगै राजधानीबासीहरु सडकमा निस्किएका छन् ।

पसलहरु एकाएक बन्द भएका छन् । पहिलो धक्कापछि सानातिना पराकम्पहरु पनि आउने क्रम रोकिएको छैन ।
भूकम्पको क्षतिको विवरण आइसकेको छैन । ओखलढुंगाबाट पत्रकार धरुेन्द्र रुम्दालीले दिएको जानकारी अनुसार त्यहाँ बारम्बार भूकम्पको धक्का महसुस भइरहेको छ ।

No comments:

Post a Comment