Recent Posts

Join us on Facebook Follow us on Twitter

Wednesday, May 13, 2015

कोरियाली भाषा परीक्षा असोजमा सर्यो


३० वैशाख, काठमाडौ । रोजगार अनुमति प्रणाली (ईपीएस) को छैठौं पटकको कोरियाली भाषा परीक्षा असोजको पहिलो साता सञ्चालन हुने भएको छ ।

यही जेठ ३० र ३१ गते हुने भनिएको उक्त परीक्षा भूकम्पका कारण प्रभावित भएपछि असोजमा सारिएको हो । असोजको पहिलो साता हुने भनिए पनि परीक्षाको मिति भने तोकिएको छैन । यसअघि परीषाको लागि बैशाख ३ देखि ६ गतेसम्म आवेदन खुला गरिएको थियो ।


वर्षायाममा परीक्षा गर्दा विद्यार्थीलाई कठिनाई पर्न सक्ने भएकाले परीक्षाको मिति सारिएको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जानकारी दिएको अभियान दैनिकमा खबर छ ।

परीक्षाका लागि काठमाडौको ५ संकलन क्षेत्र र उपत्यका बाहिरका ५ संकलन क्षेत्र गरी १० वटा क्षेत्रबाट जम्मा ५१ हजार ३ सय जनाले आवेदन फारम भरेका थिए ।

No comments:

Post a Comment