Recent Posts

Join us on Facebook Follow us on Twitter

Wednesday, May 13, 2015

काठमाडौ केन्द्र बनाएर पहिलो पटक भूकम्प

३० वैशाख, काठमाडौ । भूकम्पको त्रासदी कायम रहेको बेला काठमाडौलाई केन्द्रविन्दु बनाएर बुधवार विहान पहिलो पटक भूकम्प गएको छ ।

बुधवार विहान २ बजेर ७ मिनेटमा काठमाडौ केन्द्र भएर ४.२ रेक्टरको भूकम्प गएको हो । काठमाडौलाई केन्द्र बनाएर गएको भूकम्पको झड्काले राती नै मानिसहरुमा भागदौड मच्चिएको थियो ।

काठमडौ केन्द्र भएर भूकम्प गएपछि बुधवार विहान ३ः १० मा पुनः धादिङ केन्द्र भएर ५.९ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । विहान ४ बजेर ३८ मिनेट जाँदा पुनः दोलखा केन्द्रविन्दु भएर ४.३ रेक्टरको भूकम्प गएको छ ।

मंगलबार साँझ पाँचबजेदेखि बुधबार विहानसम्म ११ पटक भूकम्पको धक्का महशुस गरिएका छन् ।

वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि पराकम्पन आइरहँदा मंगलवार ७.३ रेक्टरको अर्को ठूलो भूकम्प गएको थियो ।

No comments:

Post a Comment