Recent Posts

Join us on Facebook Follow us on Twitter

Wednesday, May 13, 2015

बीए तेस्रो वर्ष र १२ कक्षाको परीक्षा स्थगित

३० वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । जेठ १४ गते तोकिएको परीक्षा मंगलवारको दोस्रो ठूलो भूकम्पका कारण स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षाको अर्को मिति पछि तोकिने र विद्यार्थीहरुलाई कम्तिमा १५ दिनअघि सूचना दिइने कार्यालयले जनाएको छ । उच्च माध्यमिक शिक्षा परिषदले पनि कक्षा १२ को परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको छ ।

विद्यालय जेठको दोस्रो सातासम्म बन्द
शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि विद्यालय सञ्चालन गर्ने भने पनि अब विद्यालयहरु जेठको दोस्रो सातासम्म बन्द हुने जनाइएको छ ।

तत्काल सुचारु हुने अवस्था नरहेको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले बताए । ग्रामीण क्षेत्रका अधिकांश विद्यालय भवन ध्वस्त भएका कारण पठन पाठन सम्भव नरहेको उनले बताए ।
शहरकै पनि कतिपय विद्यालय भवन भत्किएका कारण निजी विद्यालय पनि सञ्चालन हुने अवस्था नरहेको जेभियर इन्टरनेशनल स्कूलका कार्यकारी निर्देशक लोकवहादुर भण्डारीले बताए । बच्चाहरुमा मनोवैज्ञानिक समस्या र अभिवभावकहरुले नै बच्चालाई विद्यालय पठाउने अवस्था नरहेको उनले बताए ।

No comments:

Post a Comment