Recent Posts

Join us on Facebook Follow us on Twitter

Wednesday, August 5, 2015

General Knowledge Collection 4

•. छठ पर्वमा कुन देवताको पूजा गरिन्छ ??
– सूर्य

• उपत्यकाको एक मात्र खुल्ला दिशामुक्त घोषणा भएको जिल्ला कुन हो ??
– भक्तपुर

• ब्रेल लिपिका आविष्कारक को हुन् ?
– लुई ब्रेल

• इन्डोनेसियाबाट सिंगापुरतर्फ उडेको एयर एसियाको ए ३२०–२०० विमान कहिले दुर्घटनाग्रस्त भएको थियो ?
– सन् २०१४ डिसेम्बर २८

• वि.सं २०७१ पुसमा चितवनमा सम्पन्न हात्ती सुन्दरी प्रतियोगिताको उपाधि कसले जित्यो ?
– पिङकीकली

• नाकको टुप्पोले सबैभन्दा चाडो टाइप गरी किर्तिमान कायम गर्ने व्यक्ति को हुन् ?
– मोहम्मद खुर्सिद हुसेन

• विक्रम संवतको थालनी कसले गरेका हुन् ?
– विक्रमादित्य

• नेपाल मानव विकास प्रतिवेदन २०१४ अनुसार सबैभन्दा उच्च मानव विकास सुचकांक भएको जिल्ला कुन हो ?
– काठमाडौं

• सार्क क्षयरोग तथा एचआइभी,एड्स केन्द्र कहाँ रहेको छ ?
– भक्तपुर, नेपाल

• सन् २०१४ अक्टोबरमा मलेसियामा सम्पन्न आईसीसी बल्र्ड क्रिकेट डिभिजन ३ च्याम्पियनको उपाधी कसले जित्यो ?
– नेपाल

• सरकारद्वारा हालै घोषित बडीमालिका नगरपालिका कुन जिल्लामा पर्दछ ?
– बाजुरा

• अस्ट्रेलियाको सर्वोच्च शिखर कोस्कियुस्कोमा गोरखापत्रको प्रथम अंक पुर्याई किर्तिमान कायम गर्ने पर्वतारोही को हुन् ?
– सञ्जय पण्डित

• वि.सं २०७१ मा ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रकाशित गरेको भ्रष्टाचार सुचंकाकमा नेपाल कतिऔं स्थानमा रहेको छ ?
–१२६ औं

• विश्वका उदियमान अर्थतन्त्र भएका राष्ट्रहरुको प्रथम सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो ?
– सन् २००९ जुन २६,रसिया

• सिमरा विमानस्थल कुन जिल्लामा रहेको छ ?
– बारा

• कुनै पनि बस्तु वा स्थानको उचाई नाप्न प्रयोग गरिने उपकरणलाई के भनिन्छ ?
– अल्टिमिटर

• नेपालसगँ दौत्य सम्बन्ध कायम भएका सबैभन्दा पछिल्लो देश कुन हो ?
– पपुवा न्यूगिनी

• वाणगंगा सिचाई आयोजना कुन जिल्लामा रहेको छ ?
– कपिलबस्तु

• दक्षिण एसियाली क्षेत्रीय संगठन सार्कको महासचिवमा कुन देशका तिन जनाले कार्यभार सम्हालिसकेको छन् ?
– माल्दिभ्स

• असंलग्न आन्दोलनको आगामी शिखर सम्मेलन सन् २०१७ मा कुन देशमा सम्पन्न हुने भएको छ ?
– भेनेजुयला

• विश्वप्रसिद्द वैज्ञानिक लुई पाश्चरको जन्म कुन देशमा भएको थियो ?
– फ्रान्स

• सौयमण्डलमा शुक्र ग्रह पछि दोस्रो चम्किलो ग्रह कुन हो ?
– वृहस्पति

• नेपाल सरकारले सबै निजामती कर्मचारीहरुलाई कहिले देखि एकै प्रकारको पोशाक लगाउनुपर्ने व्यवस्था गरेको हो ?
– वि.सं २०६८ साउन १ गते

• नेपालमा पहिलो स्थापना भएको औद्दोगिक क्षेत्र कुन हो ?
– बालाजु औद्दोगिक क्षेत्र

• पृथ्वीराजमार्गको मलेखुदेखि धादिङ जिल्लाको सदरमुकाम धादिङ बजार जोड्ने राजमार्गलाई के भनिन्छ ?
– कालुपाण्डे मार्ग

• सन् २०१६ को ३१ औं गृष्मकालिन ओलम्पिक खेलकुद प्रतियोगिता कुन देशमा हुने भएको छ ?
– रियो दि जेनेरियो, ब्राजिल

• क्याटरिङ व्यवसायको सुरुवातकर्ता एवं उद्योगी बिएल शर्माको कहिले निधन भएको हो ?
– वि.सं २०७१ पुस २७

• समृद्धि फाउन्डेसनको आयोजनामा एसिया लिवर्टी फोरम २०१५ नामक सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ,
– सन् २०१५ जनवरी ८ देखि १०, नेपाल

• मुलुकलाई उत्कृष्ट गन्तव्यका रुपमा स्थापित गर्ने उद्येश्यसहित ल्याउन लागिएको पर्यटन गुरुयोजना ( सन् २०१५ –
२०२४ ) अनुसार सन् २०२४ सम्ममा वार्षिक कति पर्यटक भित्र्याउने लक्ष्य छ ?
– २५ लाख

• मिस अर्थ– २०१४ को उपाधि जित्ने सुन्दरी को हुन् ?
– जेमी हेरेल

• मानिसको अनुहारमा कति वटा हाड हुन्छन् ?
– १४ वटा

• कुन हार्मोनलाई Love Hormone भनिन्छ ?
– Oxytocin Hormone

• नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्धारा विज्ञान तथा प्रविधि पुरस्कार २०७१ कसलाई प्रदान गरियो ?
– भोजराज श्रेष्ठ

• सहकारीको अवधारणा कहिले र कुन देशबाट आएको हो ?
– सन् १७६१, स्कटल्याण्ड

• कुन सार्क राष्ट्रको बिदा पर्यटन सूचीमा नेपाल परेको छ ?
– भारत

• २०७१ सालमा प्रदान गरिने गंकी धुस्वाँ बसुन्धरा पुरस्कारबाट सम्मानित हुने श्रष्टा को हुन् ?
– राजभरोस कापडी भ्रमर

• वि.सं २०७१ पुसमा भएको १९ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
– एपीएफ क्लब

• सन् २०१५ जनवरीमा प्रदान गरिएको एसिया प्यासिफिक प्रेस्टिज बिजनेस ब्रान्ड अवार्ड कसले प्राप्त गरेको छ ?
– माई इन्भेस्टमेन्ट ग्रुप

• फोब्स पत्रिकाले सन् २०१४ मा प्रकाशित गरेको विश्वका शक्तिशाली व्यक्तिको सूचीमा विश्वका सबैभन्दा शक्तिशाली व्यक्ति को हुन् ?
– भ्लादिमिर पुटिन

• विश्वका उदियमान अर्थतन्त्र भएका राष्ट्रहरुको छैटौं शिखर सम्मेलन कुन देशमा भएको थियो ?
– ब्राजिल

• पृथ्वी प्रज्ञा पुरस्कार २०७० बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
– मोदनाथ प्रसित

• नेपालका पहिलो शिक्षा सचिव को हुन् ?
– केदारनाथ उपाध्याय

• कर्मचारी सञ्चयकोषको स्थापना कहिले भएको हो ?
– वि.सं २०१९

• जिल्ला अदालत दैलेखले पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न पाँच माओवादी कार्यकर्तालाई कहिले कैद सजाय सुनाएको छ ?
– २०७१ मंसिर २१ गते

• ह्युगो प्रोटोकल के सगँ सम्बन्धित छ ?
– प्राकृतिक प्रकोप व्यवस्थापन

• बिमस्टेकको नेपाल कहिले सदस्य भएको हो ?
– २००४ सन्

• सगरमाथालाई के पनि भनिन्छ ?
– तेस्रो धुव्र

• आसियानको प्रधान कार्यालय कहाँ रहेको छ ?
– जाकार्ता

• विश्वको सबैभन्दा बढी जनघनत्व भएको देश कुन
हो ?

– सिंगापुर

No comments:

Post a Comment