Recent Posts

Join us on Facebook Follow us on Twitter

Monday, August 10, 2015

इन्जिनियरको लाइसेन्समा पनि परीक्षा अनिवार्य गरिने

२५ साउन, काठमाडौं । चिकित्सा, नर्सिङ, कानुन व्यवसाय गर्न अध्ययनले मात्र पुग्दैन, सम्बन्धित नियामक निकायले सञ्चालन गर्ने परीक्षा अनिवार्य रुपमा उर्त्तीण गर्नुपर्छ ।

मुलुकबाहिर अध्ययन गरेका सयौं चिकित्सकहरु मेडिकल काउन्सिलको परीक्षामा उर्त्तीण हुन नसक्दा पेसाबाहिरै रहनुपरेको छ । तर, प्राविधिक सेवामा निकै संवेदनशील मानिने इन्जिनियरिङमा भने शैक्षिक योग्यताकै भरमा काम गर्ने लाइसेन्स पाइन्छ । यही अवस्था हटाउन सरकारले परीक्षा लिई लाइसेन्स अनिवार्य गर्ने भएको कारोबारमा खबर छ ।


construction-engineer-720
विकास-निर्माणमा दक्ष जनशक्ति मानिने इन्जिनियरको गुणस्तरमा नियन्त्रण नहुँदा कमसल इन्जिनियरहरुको बिगबिगी रहने गरेको गुनासो आएपनि नियामक निकायले उनीहरुको पनि परीक्षा लिने तयारी गरेको हो । हाल इन्जिनियरहरुलाई शैक्षिक योग्यताको प्रमाणपत्रकै आधारमा लाइसेन्स बाँड्दै आएको नेपाल इन्जिनियरिङ काउन्सिलले ऐन संशोधन गरेरै उनीहरुको योग्यता परीक्षण गर्ने भएको हो ।

No comments:

Post a Comment