गत वैशाख १२ गते आएको शक्तिशाली भूकम्पले अधिकांश ठूला भवन ध्वस्त भएपछि सरकराले यस्तो मापदण्ड तयार गर्न लागेको हो । सहरी विकास मन्त्रालयमा सोमबार भएको वैठकमा भदौदेखि लागू गर्ने गरी तयार हुन लागेको मापदण्डमा सो ब्यवस्था गरिएको छ ।
काठमाडौ महानगरपालिकाका इन्जिनियर वीरबहादुर खड्काले वैठकको निर्णयबारे जानकारी गराउँदै अब राजधानीमा ५ तलाभन्दा माथिको भवन निर्माण गर्नेले अनिवार्य रुपमा माटो परीक्षण गर्नुपर्ने भएका जानकारी दिए, नेपाल समाचारपत्रमा खबर छ ।
यसअघि काठमाडौ महानगरपालिकाले यस्ता ब्यवस्था गरेको थिएन । केही ठूला भवन, ब्यापारिक केन्द्र हाउजिङ लगायतका भवन निर्माण गर्दा कामपाले माटो परीक्षण गर्न आग्रह गरेको थियो ।


No comments:
Post a Comment