Recent Posts

Join us on Facebook Follow us on Twitter

Monday, August 17, 2015

गुनासो सुन्न फेसबुकमा हेलो सरकार

३२ साउन, काठमाडौं । ‘आफूलाई लागेका गुनासाहरु हामीलाई भन्नुहोला । हामी सहयोगका लागि बसेका छौं ।’ फेसबुक पेज ‘हेलो सरकार’ भनिएको छ । यो नेपाल सरकारको आधिकारिक लाइक पेज पनि हो ।

यो पेज लाइक गर्नमात्र होइन, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सञ्चालन गरेको यो पेजमार्फत सेवाग्राहीले प्रत्यक्ष गुनासो गर्न सक्नेछन् । त्यसको सम्बोधन गर्ने सरकारी प्रतिबद्धता छ ।

Facebook
फेसबुक पेज सञ्चालन गरेको दुई महिनामै पेज लाइक गर्ने र सरकारलाई सिधै गुनासो गर्नेको संख्या पनि बढ्दै गएको कारोबारमा खबर छ । गत जेठ २५ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले उद्घाटन गरेको यो पेज लाइक गर्नेको संख्या चार हजारनजिक छ ।

०६८ कात्तिक १७ गते स्थापित हेलो सरकारको अवधारणाको विकसित रुप मानिएको हेलो सरकार फेसबुक पेज प्रधानमन्त्रीको कार्यालयमात्र होइन, देशभरका अन्य सरकार निकालयले पनि गरिरहेका छन् ।

No comments:

Post a Comment