Recent Posts

Join us on Facebook Follow us on Twitter

Saturday, August 1, 2015

फ्रि भिसा फ्रि टिकटका फाईदा–बेफाईदा

सरकारले लागू गरेको फ्रि भिसा र फ्रि टिकटको सम्वन्धमा वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङले फाइदा र बेफाइदा दुवै औंल्याएका छन्।

 यो निर्णयले कामदार अब सस्तो शूल्कमा रोजगारीका लागि मलेसिया तथा अन्य खाडीका ६ मुलुकमा बढीमा २० हजार रुपैयाँसम्म तिरेर जान पाउने भएको उनले बताए। यसको साथै व्यवसायीहरुकै अस्वस्थ प्रतिस्पर्धाका कारण विदेशी कम्पनीका एजेन्सीहरुका लागि तिर्दै आएको कमिसन तिर्नु नपर्ने भएकोले व्यवसायीहरुका लागि यो अति नै सहज र फाईदा हुने तामाङको तर्क छ।


सरकारको यो निर्णयले विदेशी ऐजेन्सीहरुले लिने सेवा शूल्क सम्पूर्ण रुपमा कटौती हुने उनले बताए। अब नेपालबाट कामदार लैजाने विदेशी कम्पनीहरुले फ्रि भिसा र टिकट दिनुपर्ने हुँदा स्वसायीहरु बीचको अस्वस्थ प्रतिस्पर्धा पनि नहुने र कम शूल्कमा पठाउँदा म्यानपार कम्पनीको जिम्मेवार पनि कम हुने उनले बताए।

सरकारले विनापूर्वाधार लागू गरेको यो निर्णयले फाईदा भन्दा पनि बेफाईदा बढी रहेको उनको दाबी छ। सो निर्णयले अब नेपालमा मलेसियाबाट ५५ प्रतिशतले र अन्य ६ खाडी मुलुकबाट ४०  प्रतिशतले डिमान्ड कम आउने  उनको तर्क छ।

डिमान्ड कम आउँदा नेपालबाट रोजगारीको लागि विदेश जाने कामदारको संख्यामा पनि कमी आउने उनको भनाई छ।
तामाङले भने ‘सरकारले साउन १ गतेबाट फ्रि भिसा र कार्तिक १ गतेबाट फ्रि टिकटको निर्णय लागू गरेको भए, यो सबैको हितमा हुन जान्थ्यो तर सरकाले कुनै गृहकार्य नगरी लागू गर्दा समस्या आउन सक्छ।’
सरकारले एक्कासी फ्रि भिसा टिकटको निर्णय लागू गर्दा विदेशी कम्पनीहरु पनि अहिले दोधारका परेको उनको तर्क छ। ‘जुनसुकै निजी कम्पनीले काम गरेपछि केहि फाईदा लिने उद्देश्यले सञ्चालनमा आएका हुन्, नेपाल सरकारले भनेजस्तै गरी डिमाण्ड नदिन पनि उनीहरुले सक्छन्।’

निर्णय लागूहुनु पहिलेकै करिब १ लाख भन्दा बढी भिसामा पनि विदेश जाने कामदारहरु ९० प्रतिशतले घट्ने र व्यवसायीहरु ठूलो मारमा पर्ने उनले बताए। उनले भने ‘अहिले वार्षिक नेपालबाट वैदेशिक रोजगारको लागि ५ देखि ६ लाख सम्म विदेश पलायन भईरहेको अवस्थामा यो निर्णयले ३ लाखसम्म कमी आउन सक्छ।’ यो निर्णयले देशमा रहेको बेरोजगारी समस्या पनि बढ्ने र चोरी लुटपाटको समस्या झन् बढ्ने उनको तर्क छ। वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएपछि बालबालिकाको शैक्षिक गुणस्तरमा समेत ह्रास आउने उनको तर्क छ।

त्यस्तै अहिले सरदर भित्रिरहेको रेमिटेन्समा पनि ५० प्रतिशतले कमी आउने उनले दाबी गरे। अहिले तत्कालै यो निर्णयका बेफाइदाहरु नदेखिए पनि १ वर्षपछि पूर्ण रुपमा देखा पर्ने उनको तर्क छ। विदेशबाट कामदारको डिमान्ड कमभएसँगै ट्राभल, इन्सुरेन्स कम्पनी, होटल तथा गेष्ट हाउस, एयरलाइन्स, रेमिट्यान्स, मेडिकल, व्यवसाय तथा म्यानपावर कम्पनीमा काम गर्ने कामदार लगायतको क्षेत्रमा समेत प्रत्येक्ष प्रभाव पर्ने उनको भनाई छ। 

अहिले नै  म्यानपावर कम्पनीमा काम गरीरहेका ६० प्रतिशत भन्दा बढी कर्मचारी कटौती गरिने र यी कर्मचारीले पनि बेरोजगारीको समस्या भोग्नुपर्ने उनको तर्क छ।

भिसा आएका ,अन्तिम श्रम स्वीकृत र टिकट सम्म भईसकेका  कामदार फ्रि भिसा फ्रि टिकटको निर्णयले जान नचाहने हुँदा त्यसमा पनि व्यवसायीहरुलाई समस्या आउने उनको तर्क छ।

No comments:

Post a Comment