Recent Posts

Join us on Facebook Follow us on Twitter

Friday, July 17, 2015

General Knowledge Collection 2 (GK about Nepal)

1  नेपाल लाई कुन र कति वटा  समुन्द्र ले छोएको छ ?
- कुनै पनि समुन्द्र ले छोएको छैन |
2 भारत मा भएको समुन्द्र लाई हिन्द महासागर भनिन्छ भने नेपाल मा भएको महासागर लाई के भनिन्छ?
- नेपाल मा कुनै समुन्द्र नै छैन 
3 नेपाल को सबै भन्दा ठुलो ताल कुन हो? र कुन जील्ला मा पर्छ?
- रारा ताल अनि मुगु जील्ला पर्छ
4 नेपाल को राष्ट्रिय जनावर को नाम के हो?
- गाई
5 नेपाल को राष्ट्रिय पन्छी को नाम के हो?

- डाँफे

6 नेपाल को राष्ट्रिय रङ्ग कुन हो?
- सिम्रिक
7 नेपाल को राष्ट्रिय फूल के हो ?
- लाली गुराँस
8 प्राचिन काल मा नेपाल बाइसे चौबिसे राज्यहरु बाडिएको थियो अब भन्नुस तेस बाइसे चौबिसे राज्यलाई   एकीकरण कसले गरेर बिशाल नेपाल बनाएका थिए?
- पृथ्बी नारायण शाह ले
9 बिश्व को सर्बोच्च शिखर को नाम के हो र यसको उचाई कति छ कृपया मिटर मा भन्नु होला ?
- सगरमाथा हो र यसको ऊचाई ८८४८ मिटर छ
10 बिश्वको सर्बोच्च ऊचाई मा गरिने धान खेति कुन देशको कुन ठाउँ पर्छ ?
- नेपाल को जुम्ला जील्ला को पतरासी  गा. बि. स. घुमचौर जिउलो मा गरिन्छ
11 बिश्वको सर्बोच्च ऊचाई मा गरिने धान खेतीलाई के भनेर चिनिन्छ र यो कति ऊचाई मा रोपिन्छ ?
- जुम्ली मार्सी र यो धानखेती २८५० मिटर ऊचाई मा गरिन्छ
12 बिश्वको सर्बोच्च स्थान मा रहेको ताल को नाम के हो र यसको ऊचाई कति मिटर छ?
- तिलोचो ताल र यसको ऊचाई ४९१९ मिटर छ
13 बिश्व को दुर्लब च्याउ कुन हो?
            - ट्रयाफिना नेपालेन्सिस
14 बिश्व को सर्बोच्च स्थान बाट उत्पति भएको नदि कुन हो र कहाँ पर्छ?
- अरुण नदि र यो नेपाल मा पर्छ
15 बिश्वको सर्बाधिक ऊचाईमा पाइने फूललाई के भन्निछ र कति मिटर ऊचाई मा पाइन्छ?
- स्टेलरिया डेकुम्बेन   र ६४९२ मिटरमा पाइन्छ


16 बिश्वको सर्बोच्च स्थानमा रहेको बैज्ञानिक प्रयोगशाला कुन देश को कति ऊचाई मा रहेको छ र यस प्रयोगशाला को नाम के हो?
- पुर्बी नेपाल को लोबुचे भन्ने ठाउँ मा रहेको छ
- यो ५०५० मिटर ऊचाई रहेको छ
- यसको नाम पिरामिड बैज्ञानिक प्रयोगशाला हो 
17  बिश्वको कुल क्षेत्रफल को कति प्रतिशत भूभाग नेपालले ओगटेको छ?
- ०.०३ प्रतिशत
18 एसिया को कुल क्षेत्रफल को कति प्रतिशत भूभाग नेपालले ओगटेको छ?
-०.३ प्रतिशत
 19 नेपाल को औशत लम्बाई र चौडाई कति छ?
- नेपाल को औशत लम्बाई ८८५ किलोमिटर र चौडाई १९३ किलोमिटर  छ
20  नेपाल को समय प्रमाणिक समय ग्रीनवीच भन्दा कति घण्टा कति मिनेट छिटो छ?
- ५ घण्टा ४५ मिनेट छिटो छ
21 नेपालले प्रमाणिक समय ग्रीनवीच भन्दा ५ घण्टा ४५ मिनेट समय छिटो छ भनेर कहिले लागू गरेको हो?
- २०४२ साल बैशाख १ गते देखि
22 नेपाल को सबै भन्दा होचो भूभाग कुन जील्ला मा पर्छ, यसको नाम र समुन्द्र सतह देखि कति मिटर ऊचाई मा छ?
- झापा जील्ला मा पर्छ यसको नाम केचनाकलन हो र यो ७० मिटर ऊचाई मा पर्छ.
२3 भौगोलिक आधार मा नेपाल को क्षेत्रफल कति छ ? sq km मा भन्नुहोस ?
- एक लाख सतचालिस हजार एक सय एकासी Sq Kilometer (147,181  sq km)
24 नेपाल कुन कुन दुइ देश को बीच मा रहेको छ जसलाई दुई ढुंगा बीच को तरुल भनेर चिनिन्छ अब भन्नुहोस नेपाललाई वरिपरी बाट घेर्ने देशहरु कोनम के के हो?
- भारत र चीन
25 नेपालमा प्राचिन समय देखि अन्न तथा समानहरु को नाप गर्न मानापाथी को प्रचलन गरिदै आईरहेका छौ अब भन्नुहोस मानापाथी को चलनचल्ती कसले चलाएका थिए?
- मानदेव ले
26 भक्तपुर को पचपन्न झ्याले दरबार कसले बनाएका हुन्?
- भूपतिन्द्र मल्ल ले

27 नेपाल मा एक ठाउँ बाट अर्को ठाउँ मा जानुपर्दा सङ तिना खोला नाला हिडेर वार पार गर्नलाई झुलुंगे पूलहरुको  प्रायो गरिन्छ आब भन्नुहोस नेपाल मा झुलुंगे पूलको जील्ला भनेर कुन जील्ला लाई चिनिन्छ?
- बाग्लुंग
28 धरातलको आधारमा नेपाललाई कति भागमा बिभाजन गरिएको छ? र ति के के हुन्?
- तीन भाग मा र ति हुन् हिमाल, पहाड , तराई  

29 नेपालको हिमाली प्रदेश ले कति प्रतिशत भूभाग ओगटे को छ ?
- १५ प्रतिशत
30 हिमाली प्रदेश मा कति जील्ला पर्दछन?
- १६ जील्ला 
31 पहाडी प्रदेश ले नेपालीको कति प्रतिशत भूभाग ओगटेको छ ?
- ६८ प्रतिशत
32 पहाडी प्रदेश मा कति जील्ला पर्दछन?
- ३९ जील्ला  
33 हाम्रो सबै भन्दा प्यारो चिज भनौ अथवा दिनहु प्रायोग मा आइरहने कम्प्युटरलाई नेपाली मा के भनेर भनिन्छ?
- सुसंख्य
34 नेपालको काठमाडौँ मा अबस्थित धरहरा कसले निर्माण गरेका हुन्?
- भिमशेन थापा ले
35 क्यानेडियन मुद्रालाई डलर भनिन्छ भने नेपाली मुद्रालाई के भनेर भनिन्छ?
- रुपैया
36 तराई प्रदेशले नेपालको कति प्रतिसत भूभाग ओगटेको छ?
- १७ प्रतिसत

No comments:

Post a Comment