Recent Posts

Join us on Facebook Follow us on Twitter

Friday, July 17, 2015

गोरखालाई केन्द्र बनाएर ४ रेक्टरको पराकम्प

barpak
१ साउन, काठमाडौं । गोरखाको बार्पाकलाई केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्प आएको छ ।


शुक्रबार बिहान ५ बजेर नौ मीनेट जाँदा ४ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।



यो पाँच दिन पछि आएको पराकम्प हो । यसअघि असार २८ गते दोलखालाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टरस्केल म्याग्नेच्यूट र दोलखालाई केन्द्रविन्दु बनाएर ४ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्प गएको थियो ।

गत वैशाख १२ गते गोरखाको बार्पाकलार्इ नै केन्द्र बनाएर गएको भूकम्पपछि अझैपनि त्यसका पराकम्पन गइरहेका छन् । अहिलेसम्म ४ रेक्टरस्केल म्याग्नेच्यूटभन्दा माथिका तीन सय ५० भन्दा बढी पराकम्पन गएको मापन केन्द्रले जनाएको छ ।

No comments:

Post a Comment