त्यसअघि बस्ने मन्त्रिपरिषद बैठकले बजेट पारित गर्ने कार्यक्रम छ ।
सरकारले ८ खर्ब ४१ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । वैशाख १२ को भूकम्पअघि राष्ट्रिय योजना आयोगले ७ खर्ब ३५ अर्बको सिलिङ तोकेको थियो ।
कर्मचारीको तलब बढ्ने
अर्थमन्त्रालय स्रोतका अनुसार नयाँ आर्थिक बर्षदेखि निजामति कर्मचारी, सरकारको स्वामित्वमा रहेका संस्थान, समिति, विश्वविद्यालय, आयोगका कर्मचारीहरुको तलब बढ्ने छ । हाल भत्ता बापत पाउँदै आएको एक हजार भत्ता तलबमा गाभ्ने र १० प्रतिशतले तलब बढाउने सरकारको तयारी छ ।
यसैगरी सरकारले पुनर्निर्माण कोषमा एक खर्ब ६ अर्ब जति रकम राख्ने बताइएको छ । तीन बर्षभित्र लोडसेडिङ अन्त्य गर्ने, राष्ट्रिय गौरवका आयोजना, नवनिर्माण र पुनर्निर्माणका कामलाई बजेटमा प्राथमिकता दिइने छ ।
No comments:
Post a Comment