Recent Posts

Join us on Facebook Follow us on Twitter

Tuesday, July 14, 2015

वैदेशिक रोजगार ब्यवसायी संघमा हंगामा, ढकाललाई नेतृत्वबाटै हटाउन दबाब


फाइल तस्वीर
२९ असार, काठमाडौ । सरकारले मलेसिया र खाडीका ६ मुलुकमा फ्री भिसा र फ्री टिकटको निर्णय गरेपछि आन्दोनलमा उत्रिएका म्यानपावर ब्यवसायीहरु आफैमा विवाद चर्किएको छ । म्यानपावर ब्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार ब्यसवायी संघको नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेलगत्तै ब्यवसायीहरु कार्यालय बन्द गरी सडकमा उत्रिएका छन् । 


संघको नयाँ नेतृत्वमा नेपाली कांग्रेस आवद्ध नेपाल वैदेशिक रोजगार लोकतान्त्रिक फोरमका तर्फबाट उम्मेदवारी दिएका विमल ढकाल निर्वाचित भएका थिए । उनी निर्वाचित भई पदभार ग्रहण गरेकी दिन असार २१ देखि सरकारले सात मुलुकमा फ्री भिसा र फ्री टिकटको निर्णय गरेपछि संघले नै आन्दोलनको अगुवाई गर्दै आएको छ ।

ढकालको नेतृत्वमा भएको आन्दोलन उठ्न नसकेको र आम जनतामा म्यानपावर ब्यवसायीप्रति नै अविश्वास बढेको भन्दै नेतृत्वको आलोचना हुन थालेको हो । ‘आन्दोलनको ठिक ढंगले अगुवाई गर्न नसकेकै कारण अन्दोलन गति लिन नसकेको हो’, एक ब्यवसायीले भने, ‘ढकाललाई नेतृत्वबाटै हटाउनुपर्छ भन्ने दबाब बढेको छ ।’

एमाले सम्बद्ध प्रगतिशील वैदेशिक रोजगार ब्यवसायी मञ्चकै तर्फबाट विज्ञप्ति निकाल्ने तयारी गरिएको भए पनि संघमा भएका केही पदाधिकारीहरुको दबाबले गर्दा विज्ञप्ति ननिकालिएको एक सदस्यले बताए । संघका अध्यक्ष ढकालले पुनरावेदनमा रिट निवेदन दिइ पराजित भएपछि ब्यवसायीहरु ढकालप्रति थप आक्रोशित भएका हुन् ।

निःशुल्कको पक्षमा पुनरावेदनको फैसला

मलेसिया र ६ खाडी मुलुकमा फ्री भिसा र फ्री टिकटमा कामदार पठाउन सरकारले गरेको निर्णयका पक्षमा पुनरावेदन अदालत पाटनले फैसला सुनाएको छ । वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष बिमल ढकालले पेश गरेकेा रिटमा अन्तरिम आदेश जारी गर्नुनपर्ने अदालतले निर्णय सुनाएको हो ।

न्यायाधीस मोहन बहादुर कार्की र बाबुराम रेग्मीको संयुक्त इजलासले सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिनुनपर्ने आदेश दिएको हो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमलप्रसाद ढकालले पुनरावेदन अदालत पाटनमा सरकारको निर्णय विरुद्ध दायर गरेको रिटमा श्रम तथा रोजगार मन्त्रलायसँग कारण माग गर्दै सोमवार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

ढकालले श्रम तथा रोजगार मन्त्रालयलाई विपक्षी बनाई फ्री भिसा र फ्री टिकटको निर्णय खारेज गर्न माग गर्दै पुनरावेदन पाटनमा रिट हालेका थिए । फ्री भिसा फ्री टिकटमा सात मुलुकमा कामदार लैजाने भनी सरकारले गरेको निर्णय गैरकानूनी भएको दाबी सहित बदर गराउन माग गर्दै रिट खगोल ओभरसिजका सञ्चालक समेत रहेका वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष ढकाल र शरणचन्द्र सापकोटाले रिट हालेका थिए ।

No comments:

Post a Comment