Recent Posts

Join us on Facebook Follow us on Twitter

Sunday, July 26, 2015

फ्री भिसा स्वीकार्न मेनपावर व्यवसायी सहमत, आइतबारदेखि व्यवसाय खुल्ने

९ साउन, काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुका लागि सरकारले लागू गरेको फ्री भिसा र फ्री टिकटको प्रावधानलाई स्वीकार गर्न मेनपावर व्यवसायीहरु सहमत भएका छन् । शनिबार राति यसबारे सरकारसँग २५ बुँदे सहमति भएको छ । सहमतिपछि आइतबारदेखि मेनपावर कार्यालयहरु खुल्ने भएका छन् ।

सरकार र व्यवसायीवीच भएको सहमतिअनुसार तीन महिनाका लागि परीक्षणका रुपमा फ्री भिसा र फ्री टिकटको प्रावधानलाई मान्न मेनपावर व्यवसायी सहमत भएका छन् ।


तर, यसका लागि सरकारी निर्णयबारे अध्ययन गर्न एक कार्यदल गठन गरिनेछ । कार्यदलले खाडी मुलुकका ६ देशहरु र मलेसियामा स्थलगत भ्रमण गरेर प्रतिवेदन तयार पार्नेछ ।

कार्यदलले तयार पारेको सोही प्रतिवेदनअनुसार तीन महिनापछि फ्री भिसा र फ्री टिकटको सरकारी निर्णय कार्यान्वयन हुने/नहुनेबारे टुंगो लाग्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङ्गले अनलाइनाखबरलाई बताए ।

‘वैदेशिक रोजगार आइतबार बाट सुचारु हुन्छ’ महासचिव गुरुङले अनलाइनखबरसँग भने,’ व्यवसायीहरुले फ्री भिसा र फ्री टिकट तीन महिनाका लागि परीक्षणका रुपमा स्वीकार गर्नेछन्, तीन महिनापछि स्थलगत प्रतिवेदनअनुसार परिमार्जन वा स्थगन हुनेछ ।’

नेपाल सरकारले असार २१ गतेदेखि खाडी देशका ६ वटा र मलेसिया गरी ७ देशमा फ्री भिसा र फ्री टिकटको प्रावधान लागू गरेपछि मेनपावर व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए ।

व्यवसायीहरुको आन्दोलनका कारण मेनपावर कार्यालयहरु बन्द भएका थिए । सरकारले फ्री भिसा विना श्रम स्वीकृति नदिएको र मेनपावर कार्यालयसमेत बन्द रहेकाले हजारौं नेपाली कामदारहरु विदेश जान पाएका थिएनन् । आइतबारदेखि यो अवरोध हट्ने भएको छ ।

असार २१ अघिकाले बढी पैसा तिर्नुपर्ने

सरकारी निर्णय आउनुअघि अर्थात् असार २१ भन्दा अगावै विदेश जानका लागि भिसा लागिसकेकाहरुले भने पुरानै शर्तअनुसार बढी रकम तिरेर जानुपर्ने भएको छ ।

‘पहिल्यै भिसा लागेका र श्रम स्वीकृति लिएकाहरुको हकमा ऐन र नियमावली अनुसार पूरै पैसा बुझाउनुपर्छ,’ महासचिव गुरुङले भने, ‘यो ऐनले नै व्यवस्था गरेको विषय भएकाले २५ बुँदे सहमतिमा यसबारे चर्चा गरिएको छैन ।’

पुरानै प्रक्रिया अनुसार बढी पैसा तिरेर विदेश जान्न भन्दै भिसा क्यान्सिल गर्न चाहने व्यक्तिले क्यासिलेसन चार्जका साथै श्रम स्वीकृति गरुञ्जेलसम्म लागेको सम्पूर्ण खर्च मेनपावर कम्पनीलाई बुझाउनुपर्ने गुरुङले बताए ।

सरकारसित भएको सहमतिका विषयमा जानकारी दिन वैदेशिक रोजगार व्यवसायी संघले आइतबार पत्रकार सम्मेलन गर्ने भएको छ ।

No comments:

Post a Comment