बिहीबार बिहान १ बजे सरकार, मजदुर संगठन, व्यवसायिक प्रतिनिधिबीचको मतदानबाट ज्याला वृद्धि गर्ने टुंगो लागेको कारोबार दैनिकमा खबर छ ।
यो अगस्त ५ मा संसद्बाट पारित हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । सरकारले चालू वर्षका लागि ७.१ प्रतिशत ज्याला बढाएको थियो ।
नयाँ पारिश्रमिकअनुसार प्रतिघन्टा ६०३० अर्थात ५.३१ अमेरिकी डलर हुनेछ । सातामा चालिस घण्टा अथवा मासिक २०९ घन्टा काम गर्नेले यो वर्षको न्यूनतम मासिक ११ लाख ६६ हजार २२० वन बढेर १३ लाख १० हजार १९७ वन पाउनेछन् । यो १ लाख १७ हजार ६२५ रुपैयाँ हो ।
त्यस्तै, सातामा ४४ घण्टा काम गर्नेले १४ लाख १६ हजार ७६८ वन अर्थात एक लाख २७ हजार १ सय ९३ रुपैयाँ पाउनेछन् ।


No comments:
Post a Comment