Recent Posts

Join us on Facebook Follow us on Twitter

Friday, June 26, 2015

फेरि भूकम्पकाे धक्का

आज साँझ ६ बजेर २ मिनेट जाँदा दोलखा गौरीशङ्कर संरक्षण केन्द्र केन्द्रविन्दु भएको ४.२ रिक्टर स्केलको परकम्प महसुस गरिएको छ ।

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यसअघि आजै अपराह्न २ बजेर ४५ मिनेट जाँदा ललितपुर गोदावरी केन्द्रविन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको थियो । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि अहिलेसम्म चार रिक्टर स्केलमाथिका ३०० भन्दा बढी परकम्प गइसकेको छ । रासस 

No comments:

Post a Comment