Recent Posts

Join us on Facebook Follow us on Twitter

Tuesday, May 12, 2015

मंगलबारको भूकम्पले ५जनाको निधन, २७७ घाइतेः (अपडेट)

मंगलबार अपरान्ह गएको भूकम्पको कारण अहिलेसम्म ५ जनाको निधन भएको छ। 
 
नेपाल प्रहरीका डिआइजी हेमन्त पालका अनुसार काठमाडौको टेकुमा एक जनाको निधन भएको छ। यसअघि सिन्धुपाल्चोकमा ४ जनाको निधन भएको सिन्धुपाल्चोकबाट पत्रकार किशोर बुढाथोकीले जनाएको छन्।
 
नेपाल प्रहरीका एक अधिकृतका अनुसार, भक्तपुरमा ३२ जना भूकम्पमा परि घाइते भएका छन्। त्यसैगरी ललिपुरमा ७२, काठमाडौमा ७३ घाइते भएका छन्। यस अलवा सिन्धुपाल्चोकमा १०० जना भन्दा बढी घाइते  भएका छन्। 
 
दोलखामा ९० प्रतिशत सम्म घरहरु ध्वस्त भएको प्रारम्भिक सूचना प्रहरीले संकलन गरेको छ। 
 
उनका अनुसार, भक्तपुरमा एक चारतले घर भत्किएको र त्यसकेा क्षति विवरण आउन बाकि, रामेछाप र सिन्धुपाल्चोकमा दुइ दुइ जना प्रहरी जवान घाइते भएका छन्।

No comments:

Post a Comment