Recent Posts

Join us on Facebook Follow us on Twitter

Tuesday, May 12, 2015

मंगलबारको भूकम्पले दोलखामा १० र सिन्धुपाल्चोकमा २ जनाको मृत्यु

२९ वैशाख, काठमाडौं । मंगलबार दिउँसो आएको शक्तिशाली भूकम्पबाट सिन्धुपाल्चोक र दोलखामा ठूलो क्षति भएको प्रारम्भीक जानकारी प्राप्त भएको छ ।

दोलखामा १० जनाको मृत्यु भएको खबर आएको छ भने सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ ।
गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार भूकम्पले सिन्धुपाल्चोक र दोलखामा ठूलो क्षति भएको छ । भूकम्पपछि पहाडहरुमा पहिरो गएको र धुवाको मूस्लो देखिएको थियो ।

सिन्धुपाल्चोक को चौतारा र हगाम लगायतका गाउँमा १२ गतेको भूकम्पबाट बाँकी रहेका घरहरु मंगलबारको भूकम्पबाट भत्किएका छन् । चौतारा, मेलम्ची र हगाम लगाउतका गाउँमा केही व्यक्ति घाइते भएको स्थानीय सञ्चारकर्मीले जनाएका छन् ।

दोलखा सदरमुकाममा भूकम्पले क्षति पुर्‍याएको छ । थप विवरण आउन बाँकी छ । अमेरिकी भूगर्भ विभागले भूकम्प ७.४ रेक्टर स्केलको भनेको छ । तर, राष्ट्रिय भूकम्प मापन केन्द्रले भने ६.८ रेक्टर स्कोरको भएको बताएको छ ।

No comments:

Post a Comment