Recent Posts

Join us on Facebook Follow us on Twitter

Saturday, May 16, 2015

भूकम्पबारे जानकारी दिन भूगर्भ विभागले सुरु गर्‍यो मोबाइल एप

२ जेठ, काठमाडौं । खानी तथा भूगर्भ विभागले ‘नेपाल अर्थक्वेक अपडेट्स‘ एन्ड्रोइड एप ल्याएको छ ।  शनिबार उद्योगमन्त्री महेश बस्नेतले एप शुभारम्भ गरेका हुन् ।

४ रेक्टर स्केलभन्दा माथिका भूकम्पको तत्काल अपेडट दिइनेछ । ‘वेबसाइटमात्र थियो । त्यसमा केही समस्या भएपछि एप सुरु गरेका हौं’ राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अनलाइनखबरसँग भने ।

विभागले भूकम्पबारे जानकारी दिन टोल फ्रि नम्बर १६१८०१४४१०१४१ सुरु गरेको छ । यो नम्बरमा फोन गरेपछि पछिल्लो भूकम्पबारे सूचना पाइनेछ । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।

No comments:

Post a Comment