Recent Posts

Join us on Facebook Follow us on Twitter

Monday, May 25, 2015

सोमबार बिहानै ५ रेक्टर स्केलको भूकम्प

काठमाडौं, ११ जेष्ठ - सोमबार बिहानै गोरखालाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ। सोमबार बिहान ३ बजेर २३ मिनेटमा गोरखालाई केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्यूटको भूकम्प गएको हो। 
 
मकवानपुर,  धादिङ, गोरखा, नुवाकोट, लमजुङ र काठमाडौं उपत्यकासम्म महसुस हुने गरि भूकम्प गएको थियो। बिहानै भूकम्प गएपछि मानिसहरु त्रसित भएको तर कुनै क्षति नभएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।  

 हिजो आइतबार बिहानदेखि दिउँसो १ बजेसम्म चारपटक भूकम्पको धक्का महुसुस भएको थियो।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार दिउँसो १२:५५ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.४ म्याग्निच्यूटको भूकम्प, यसअघि सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु भएर ११:४६ बजे  ४.२ म्याग्निच्यूट, १०:३८ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.४ म्याग्निच्यूट र बिहान ७:०६ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो।

No comments:

Post a Comment