Recent Posts

Join us on Facebook Follow us on Twitter

Monday, February 16, 2015

Lok Sewa Aayog Result Notice

लोक सेवा आयोगले गत माघ २४ गते सञ्चालन गरेको राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत पदको प्रथम चरणको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

परीक्षामा जम्मा २० हजार ८ सय १५ जना सहभागी भएकोमा २ हजार ७ सय ६१ जना मात्र उत्तीर्ण भएका छन् । लोकसेवा आयोगका अनुसार कुल परीक्षार्थीमध्ये जम्मा १३.२६ प्रतिशत मात्र शाखा अधिकृत पदको प्रथम चरणको परीक्षामा उत्तीर्ण हुन सफल भएका छन् ।

कुल २ सय पूर्णाङ्कको वस्तुगत परीक्षामा ५० प्रतिशत अर्थात् १ सय अंकलाई प्राप्तांक तोकिएको थियो ।
प्रथम चरणमा उत्तीर्ण परीक्षार्थीहरु मात्रै आगामी चैत्र २४ गतेदेखि हुने दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउनेछन् ।

लोकसेवा आयोगले गत वर्षदेखि राजपत्रांकित तृतीय श्रेणीको अप्राविधिकतर्फ शाखा अधिकृत पदमा आरक्षित कोटातर्फ परीक्षा दिनेहरुले समेत पहिलो चरणको परीक्षा अनिवार्यरुपमा उत्तीर्ण गर्नुपर्ने नियम लागु गरेको छ ।
यसअघि समावेशी समूहका परीक्षार्थीहरुले प्रथम चरणको प्रारम्भिक परीक्षामा अनुत्तीर्ण भएपनि दोश्रो चरणको परीक्षामा सहभागी हुन पाउथे ।
यसका साथै लोकसेवा आयोगले प्रथम चरणमा परीक्षार्थीले प्राप्त गरेको कुल अंकको २० प्रतिशत अंक दोस्रो चरणको परीक्षामा प्राप्त गरेको अंकमा थप गरी लिखित परीक्षाको अन्तिम परीक्षाफल प्रकाशित गर्ने गरेको छ ।
लोकसेवा आयोगले योपटक सामान्य प्रशासन, राजश्व, लेखा, लेखापरीक्षण, न्याय, कानून, सरकारी वकिल तथा परराष्ट्र समूहमा गरी कुल ४ सय ६५ जनाको विज्ञापन गरेको छ ।

प्रथम चरणको परीक्षामा उत्तीर्ण भएका २७ सय ६१ जना परीक्षार्थीबाटै लोकसेवा आयोगले लिखित परीक्षा, कम्प्युटर सीप परीक्षण र अन्तरवार्ता परीक्षामा प्राप्त अंकका आधारमा योग्यताक्रम प्रकाशित गरी माग गरिएका उमेद्वारको छनोट गर्नेछ ।

परीक्षाकाे नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस्

No comments:

Post a Comment