Recent Posts

Join us on Facebook Follow us on Twitter

Friday, May 24, 2013

Program Coordinator Job Vacancy in Tuki Association Sunkoshi

टुकी संघ सुनकोशी सिन्धुपाल्चोक जिल्लामा विगत दुई दशक देखी शिक्षा, स्वास्थ्य, जीविकोपार्जन तथा एकीकृत सामुदायिक विकासमा समन्वयात्मक रुपमा काम गर्दै आइरहेको स्थानीय गैर सरकारी संस्था हो ।

यस संघले गरिबी निवारण कोषसंगको साझेदारितामा  गरिबी न्युनिकरण कार्यक्रम कार्यान्वयन गरिरहेको छ । संस्थाले संचालन गरिरहेको कार्यक्रमको लागि तल उल्लेखित मानवस्रोतको आवश्यकता परेकाले २१ वर्ष पूरा भई ४० वर्ष ननाघेका योग्य नेपाली नागरिकबाट टुकी संघ सुनकोशीको केन्द्रिय कार्यालय थुम्पाखर वा परियोजना कार्यालय चौतारामा इच्छुक उमेदवार आफैं आई वा jobs.tukiassociation@gmail.com मार्फत आफ्नो शैक्षिक योग्यता, नागरिकता, तालीम, अनुभव आदि प्रमाण–पत्रका प्रतिलिपिहरु, व्यक्तिगत विवरण (CV) र एक प्रतीफोटो संलग्न राखी निवेदन दिन सकिने गरी आजमिति २०७० जेठ ९ गते दोश्रो पटक यो विज्ञापन प्रकाशित गरिएको छ । इच्छुक ब्यक्तिबाट मिति २०७० जेठ १५ गते दिउसो  ४ .०० बजे भित्र दरखास्त आवह्वान गरिन्छ । आवेदन प्राप्त निबेदक मध्येबाट छनौटमा परेका उम्मेदवारलाई मात्र सम्पर्क गरिनेछ ।

क. पद:  कार्यक्रम संयोजक 
पद संख्या: १(एक) 
कार्य स्थल: गरिबी निवारण कार्यक्रम संचालन भएको क्षेत्र

आवश्यक योग्यता तथा शिप:
मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकतह उतिर्ण गरि सरकारी/गैरसरकारी संस्थामा सामाजिक विकासको क्षेत्रमा अधिकृत स्तर पदमा कम्तीमा २ वर्ष काम गरेको अनुभव भएको ।
कम्प्यूटर, लेखा तथा प्रशासन सम्बन्धी आधारभुत ज्ञान तथा सो सम्बन्धि अनुभव भएको ।
कम्प्यूटर सफ्टवेयर, माईक्रोसफ्ट अफिस र ईमेल सम्बन्धी ज्ञान भएको ।
कार्यक्रम प्रस्तावना गरि सरोकारवालाहरु  वीच सम्पर्क समन्वय गर्न सक्ने क्षमता भएको ।
प्रभावकारी जनसम्पर्क शिपका साथै समुदायका ब्यक्ति र सहकर्मीहरुसंग प्रभावकारी सम्बन्ध स्थापित गर्नसक्ने ।
(दलित, महिला, जनजाती तथा स्थानीयलाई दरखास्त दिन प्रोत्साहन गरिन्छ)

पारिश्रमिक:  संस्थाको नियम अनुसार ।

परीक्षाको किसिम: लिखित परीक्षा तथा मौखिक अन्तरवार्ता 

छनौटप्रक्रिया:  दरखास्तदिने उम्मेदवारहरुले पेश गरेको कागजातको अध्ययन गरी तीमध्येबाट योग्यता, तालीम एवं अनुभवका आधारमा सर्टलिष्ट गरेर सर्टलिष्टमा परेका उम्मेदवारहरुलाई मात्रलिखित परीक्षामा र लिखित परीक्षाबाट छनोट भएका उमेदवारलाई मौखिक परीक्षामा सहभागी गराइनेछ ।

पुनश्चःफोन तथा अन्य माध्ययमबाट संस्थालाई प्रभावपार्न प्रयास गर्ने उम्मेदवारहरु स्वत अयोग्य ठहर गरिने भएकाले त्यस्तो प्रयास नगर्न सूचित गरिन्छ । 

No comments:

Post a Comment