Recent Posts

Join us on Facebook Follow us on Twitter

Saturday, October 3, 2015

भारतले अघोषित नाकाबन्दी हटायो, सीमा नाकामा आवागमन सहज बनाउन निर्देशन

६ असोज, काठमाडौं । भारतले झण्डै दुई सातादेखि नेपालमा लगाउँदै आएको अघोषित नाकाबन्दी हटाउने भएको छ ।


भारतीय विदेश मन्त्रालयले नाकाबन्दी हटाउन सरोकारबाला निकायलाई निर्देशन दिएको बिदेश मन्त्रालयका अधिकारीलाई उदृत गर्दै भारतमा रहेका नेपाली पत्रकार ऋषि धमलाले बताए।

नाकाबन्दी लगाएको स्वीकार नगरेको दिल्लीले नेपालसँगको सीमा नाकाहरुमा सहज आवागमनको व्यवस्था मिलाउन निर्देशन दिएको हो । वीरगञ्जको रक्सौल भन्सारमा भने मधेसी मोर्चाको अवरोध कायमै भएकाले केही समय लाग्ने बताइएको छ ।

उनका अनुसार भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोबल र नेपाली राजदूत दीपकुमार उपाध्यायबीच वार्ता भएको थियो । यस्तै उद्योगपति विनोद चौधरी पनि नेपाली नेताहरुको सन्देश लिएर नयाँ दिल्ली पुगेका छन् ।

नेपालमा नयाँ संविधान घोषणा भएपछि असन्तुष्ट भारतले नेपाल-भारत सीमामा अवरोध गर्दै आएको थियो । जसका कारण काठमाडौंसहित देशभर इन्धन अभाव भएको छ र, जनजीवन प्रभावित भएको छ ।

तर, भारतले नाकाबन्दी लगाएको अस्वीकार गर्दै नेपालतर्फ भएको आन्दोलन र असुरक्षालाई अबरोधको कारण देखाउँदै आएको थियो ।

पछिल्लो पटक सरकार र तराई मधेसमा आन्दोलन मधेसी मोर्चाको वार्ता सकारात्मक भएको र सरकारले मोर्चाको प्रमुख दुई माग पुरा गर्न संविधान संशोधनको निर्णय गरेको थियो । कूटनीतिक तथा राजनीतिक पहल र मधेसी मोर्चाको माग सम्बोधन गर्ने सरकारको निर्णयपछि भारतले आपूर्ति सहज बनाउने निर्णय गरेको विश्लेषण गरिएको छ ।

No comments:

Post a Comment