Recent Posts

Join us on Facebook Follow us on Twitter

Sunday, August 9, 2015

प्रमुख दलहरूबीच ६ प्रदेशसहितको संघीय राज्य बनाउने सहमति,सबै प्रदेशले भारतलाई छुने

प्रमुख दलहरूबीच ६ प्रदेशसिहतको संघीय राज्य बनाउने सहमति भएको छ । दलहरूले तराइ, पहाड र हिमाली जिल्लाहरूको संयोजन गरेर प्रदेश बनाउने सहमति गरेका हुन् । शनिबार मध्य राति दलका शीर्ष नेताहरुले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

दलहरुबीच भएको सहमति अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ र ओखलढुंगाको एउटा प्रदेश बन्नेछ भने सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको अर्को प्रदेश हुनेछ । मधेशी जनअधिकार फोरम लोकतािन्त्रकले सप्तरीलाइ पुर्वी प्रदेशमा राख्नु पर्ने अडान लिदै नोट अफ डिसेन्ट लेखेको छ । 


अर्को प्रदेशमा मकवानपुर, चितवन, सिन्धुली, रामेछाप, दोलखा, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र धादिङ जिल्ला राखिएको छ ।

चौथो प्रदेशमा गोरखा, लमजुङ, कास्की, तनहुँ, बाग्लुङ पूर्वी भाग मनाङ, मुस्ताङ, म्याग्दी, स्याङ्जा, पर्वत, नवलपरासीको दाउन्नेदेखि पूर्वकोको भाग समेटिएको छ ।

कपिलवस्तु, रुपन्देही, नवलपरासीको पश्चिमी भाग पाल्पा, अर्घाखाँची, गुल्मी, बाग्लुङ ९पश्चिम भाग० दाङ, प्युठान, सल्यान, रुकुम, रोल्पा, बाँके, बर्दियाको अर्को प्रदेश बनाइने छ ।

छैटौं प्रदेशमा कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, डडेलधुरा, बझाङ, बैतडी, दार्चुला, हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट सुर्खेत, दैलेख, जाजरकोट रहने कुरा दलहरूबीच सहमति भएको छ ।

दलहरूबीचको यो सहमतिलाइ सम्बाद समितिको बैठकबाट औपचारिककता दिइ संबिधानसभामा पठाउने  छ ।

No comments:

Post a Comment