Recent Posts

Join us on Facebook Follow us on Twitter

Sunday, August 23, 2015

बन्दको विरोधमा उद्योगीले गरे सडकमै जुत्ता तथा चप्पल उत्पादन

काठमाडौँ : नेपाल बन्दको विरोध गर्दै माइतीघर मण्डला क्षेत्रको सडकमा उद्योगीले जुत्ता तथा चप्पल उत्पादन गरेका छन् । नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी सङ्घले बन्दको आह्वान गर्ने दल तथा विभिन्न सङ्घसंस्थालाई अबदेखि नेपाल बन्द नगर्न आग्रह गर्दै प्रतिकात्मक रुपमा सडकमा नै जुत्ता तथा चप्पल उत्पादन गरेका हुन् । त्यहाँ उत्पादन भएका जुत्ता तथा चप्पल नेपाल बन्दको नेतृत्व गर्ने दल तथा सङ्घसंस्थालाई उपहारस्वरुप पठाइने छ ।  

mainphoto

सङ्घका अध्यक्ष नरेश कटुवालले भूकम्पका कारण स–साना उद्योग तथा व्यवसाय सङ्कटमा रहेको अहिलेको अवस्थामा हुने बन्द हडतालले उद्योग तथा व्यवसायमा नराम्रो असर परेको बताए। त्यसले व्यवसायी, कामदार तथा समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने उनको भनाई छ।  आगामी दिनमा नेपाल बन्द सदाका लागि बन्द हुने गरी संविधानमा नै व्यवस्था गर्न उद्योगीले माग गरेका छन् । 

सङ्घका अनुसार छालाजन्य वस्तु, जुत्ता, झोला तथा चप्पललगायत सामग्रीको वार्षिक रु दुई अर्बको कारोबार हुने गरेकामा त्यसको ४० प्रतिशत स्वदेशी उत्पादनले ओगटेको छ । त्यस क्षेत्रको व्यवसायमा करिब १२ लाख मानिस आबद्ध छन् ।  

सङ्घले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न मुलुकमा कच्चा पदार्थको स्रोतको खोज अनुसन्धान गर्नुपर्ने, नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने, सरकारले आयातित कच्चा पदार्थमा भन्सार शुल्कमा सहुलियत तथा सुविधा उपलब्ध गराउनुपर्ने तथा सरकारी तथा गैरसरकारी क्षेत्रमा स्वदेशी उत्पादनको अनिवार्य प्रयोग गर्नुपर्नेलगायतका सुझाव सरकारलाई दिएको छ । रासस 

No comments:

Post a Comment