Recent Posts

Join us on Facebook Follow us on Twitter

Monday, August 10, 2015

मलेसियामा फ्रि भिसा र फ्रि टिकटसँगै बायोमेट्रिक प्रणाली शुरु

२५ साउन, काठमाडौ । सरकारले निःशुल्क भिसा र टिकटमा वैदेशिक रोजगारमा मलेसिया जाने कामदारलाई बायोमेट्रिक प्रणाली पनि शुरु गरेको छ ।

श्रम तथा रोजगार मन्त्रालयले असार २३ गतेदेखि बायोमेट्रिक प्रणाली लागू गरे पनि मेनपावर ब्यवसायीहरुको विरोधका कारण कार्यान्वयनमा आउन सकेको थिएन ।

ब्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय समन्वय तथा श्रम समितिबाट गठित उपसमितिबाट पेश गरिएको प्रतिवेदन पारित गरी कार्यान्वयनमा ल्याएको हो । समितिले शर्तसहित लागू गर्न अनुमति दिएपछि नेपाल स्वास्थ व्यवसायी महासंघले बायोमेट्रिक मेडिकल लागू भएको औपचारिक घोषणा गरेको हो ।

kuala-lumpur-malaysia-photos-2
नेपाल स्वास्थ्य ब्यवसायी महासंघले सार्वजनिक सूचना जारी गरी मलेसिया जाने कामदारलाई अनिवार्य अनलाइन मेडिकल सिष्टम (बायोमेट्रिक) अनुसार स्वास्थ्य परीक्षण गर्न अनुरोध गरेको छ ।

महासंघका अध्यक्ष कैलाश खड्काले सूचना जारी गरी सरकारले तोकेको स्वास्थ्य परीक्षण शुल्क भन्दा कामदारलाई थप आर्थिक भार नपर्ने गरी स्वास्थ्य परीक्षण गर्न/गराउन कामदार तथा अनुमतिप्राप्त स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेका छन् ।

कामदारलाई थप आर्थिक भार पर्ने भन्दै बायोमेट्रिक प्रणालीको विरोध गर्दै आएका ब्यवसायीहरुकातर्फबाट नेपाल वैदेशिक रोजगार ब्यवसायी संघले बायोमेट्रिकका लागि सहमति जनाएको थियो ।

पछिल्लोपटक फ्रि भिसा फ्रि टिकटसँगै सरकारसँग भएको ३१ बुँदे सहमतिमा पनि कामदारको हितमा हुने गरी लागू गर्न समस्या नपर्ने उल्लेख छ ।

उक्त सहमतिको ३० नम्बर बुँदामा ‘बायोमेट्रिक प्रणालीको सन्दर्भमा श्रम तथा रोजगार मन्त्रालयले तय गरेका ६ बुँदे अवधारणा र अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले निर्देशन गरेका २ बुँदाको प्रतिकुल नहुने कामदार र मुलुकका लागि हित हुने देखिएमा लागु गर्न बाधा नपर्ने’ उल्लेख छ ।

मलेसियाले आफूले कामदार आपूर्ति गर्दैआएको १५ वटै मुलुकमा एकसाथ बायोमेट्रिक प्रणाली लागू गर्ने प्रयास गरे पनि पाइलट प्रोजेक्टका रुपमा नेपाल र बंगलादेशमा मात्रै बायोमेट्रिक प्रणाली लागू गरेको छ ।

महासंघका अध्यक्ष कैलाश खड्काका अनुसार उक्त उपकरण नेपालका ३९ वटा स्वास्थ्य संस्थाले जडान गरी बायोमेट्रिक प्रणाली अन्तर्गत मेडिकल गर्न थालेका छन् ।

No comments:

Post a Comment