Recent Posts

Join us on Facebook Follow us on Twitter

Sunday, August 23, 2015

जनजातिको बन्दले जनजीवन प्रभावित, ५५ बन्दकर्ता पक्राउ

६ भदौ, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको बन्दले उपत्त्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ ।

सार्वजनिक सवारी सधान निकै कम चलेका छन् भने बजार पनि खुल्न सकेको छैन । बौद्ध, कलंकी क्षेत्रमा केही सवारी साधनमा तोडफोड भएको प्रहरीले जनाएको छ ।


जबरजस्ती बन्द गराउँदै हिडेको भन्दै प्रहरीले गुरुङ संघको अध्यक्ष रेशम गुरुङसहितको समूहलाई बालाजु क्षेत्रबाट पक्राउ गरेको छ । उपत्यकाबाट मात्र ५५ जना बन्दकर्ता पक्राउ परेका छन् ।

पहिचानमा आधारमा प्रदेशहरुको सीमांकन गर्नु पर्ने, आदिवासी जनजाति आयोग गठन गर्नु पर्ने लगायतको माग राख्दै जनजाति महासंघले आज र भोलि नेपाल बन्दको आह्वान गरेको छ ।

No comments:

Post a Comment