Recent Posts

Join us on Facebook Follow us on Twitter

Sunday, August 16, 2015

बन्दका कारण उपत्यकासहित देशभरकै जनजीवन प्रभावित

मोहन वैद्य नेतृत्वको माओवादीसहितका दलहरुले आज गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ ।
उपत्यकामा फाट्टफुट्ट मात्र सार्वजनिक यातायतका साधन चलेका छन् ।


केही नीजि सवारी साधन पनि सडकमा हुइकिरहेका छन् । काठमाडौंबाट छुट्ने कुनैपनि सवारी साधन आज चलेका छैनन् । ६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट जनाई बन्द आब्हान गरेको वैद्य माओवादीलाई जनजाति र मधेस केन्द्रीत दलहरुले पनि साथ दिएका छन् ।
बन्दकर्ताले काठमाडौंको बबरमहलमा बा२ ख ९६६१ नम्बरको बसमा तोडफोड गरेका छन् । प्रहरी पुगेर तोडफोड गर्नेलाई हटाएको थियो । बन्दको सिसा पूर्णरुपमा फुटेको छ । बन्दकर्ताले चितवनमा ३ वटा गाडीमा तोडफोड गरेका छन् ।

No comments:

Post a Comment