Recent Posts

Join us on Facebook Follow us on Twitter

Wednesday, August 19, 2015

मधेसी मोर्चाको विवादास्पद निर्णय : आन्दोलनमा मरे ५० लाख दिन्छौं

२ भदौ, काठमाडौं । सीमांकनको विरोधमा आन्दोलरत मधेस केन्द्रीप्त दलहरुको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुधबार विवादास्पद निर्णय गरेको छ ।

मधेसी मोर्चाको बुधबार बसेको बैठकले गठवन्धनले आहृवान गरेको बन्दका क्रममा आन्दोलनका क्रममा कसैले ज्यान गुमाए प्रदेशिक सरकार बनेपछि पीडित परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । साथै उसले मृतकको परिवारका एक सदस्यलाई रोजगारी र निःशल्क शिक्षा दिने मोर्चाले बताएको छ ।

Mahanta,-Upendra-and-Ashok
मोर्चाका शीर्ष नेताहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ-‘थरुहट/मधेश लगायत यस गठबन्धनमा आवद्ध रहेका घटकहरुको आव्हानमा आन्दोलनमा ज्यान गुमाउने शहिद परिवारहरुलाई आन्दोलनवाट बन्ने प्रादेशिक सरकारले शहिद परिवारलाई पचास लाख आर्थिक सहयोग उपलब्ध गराउनका साथै शहिद परिवारलाई निशुल्क शिक्षा र रोजगारीको जिम्मेवारी प्रायदेशिक सरकारले वहन गर्ने छ भन्ने प्रतिबद्धता सहितको निर्णय गरिएको छ ।’

तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश यादवले यो आफूहरुको प्रतिवद्धता भएको बताए ।
मानिसलाई आन्दोलनमा आऊ, मर, पैसा दिन्छौं भनेको हो अनलाइनखबरको प्रश्नमा यादवले भने-‘हामी आन्दोलनमा छौं । भोलि संघीय प्रदेश बनेपछि त्यसका लागि ज्यान दिनेको परिवारलाई उचित सम्मान गर्नु त्यो सरकारको कर्तव्य हुन्छ ।’ उनले अघि भने-‘अहिले पनि सरकारले १० लाख दिने गरेको छ । हामीले भोलि प्रदेशिक सरकार बनेपछि दिन्छौं भनेर प्रतिवद्धता जनाएका हौं ।’
Madhesi Morcha 50 Lakh

No comments:

Post a Comment