Recent Posts

Join us on Facebook Follow us on Twitter

Monday, July 6, 2015

फ्रि भिसा र टिकट लागू गर्न नमान्ने म्यानपावर खारेज गरिने



श्रम मन्लालयका सचिव भोलाप्रसाद सिवाकोटीले फ्रि भिसा र टिकटमा कामदार पठाउने निर्णय नमान्ने म्यानपावरलाई खारेज गर्ने चेतावनी दिएका छन् ।

प्रर्वद्धन शुल्क १० हजार, विमा, मेडिकल र कल्याणकारी कोष गरेर बढीमा १८ हजार रुपैयाँमात्र कामदारबाट शुल्क लिएर मलेसिया लगायतका खाडी मुलुकमा कामदार पठाउन सकिने उनले बताए । रिपोटर्स क्लवले आयोजना गरेको साक्षात्कारमा उनले फ्रि टिकट र फ्रि भिषासहितको डिमाण्ड ल्याएमात्रै पूर्व स्विकृती दिने बताए ।


त्यो भन्दा बढी शुल्क लिने वा सरकारी निर्णय कार्यान्वयन नगर्ने म्यानपावर कम्पनीलाई दर्ता खारेजसम्मको कारवाही गर्ने उनले चेतावनी दिए । सिवाकोटीले महाशाखाका प्रमुखको संयोजकत्वमा श्रम विभागका डिजी र परराष्ट्रमन्त्रालयका प्रतिनिधि सम्मिलित एक अनुगमन समिति गठन भएको जानकारी दिदै त्यसले आजबाटै अनुगमन सुरु गरेको बताए ।

यो ब्यवस्थाले म्यानपावर ब्यवसायीहरुलाई घाटा नपर्ने दावी गर्दै सरकार फ्रि टिकट र भिसाको ब्यवस्था कार्यान्वयन गर्न सम्बन्धित मुलुकसँग कुरा गरिरहेको बताए ।

साक्षात्कारमा बैदेशिक रोजगार ब्यवसायी संघका नवनिर्वाचित अध्यक्ष विमल ढकालले  सो निर्णय फिर्ता नभए आफूहरु आन्दोलनमा उत्रने चेतावनी दिए । उनले श्रममन्त्रीको यो निर्णय नेपालका म्यानपावर व्यवसायलाई धरासायी बनाएर अरुकसैलाई पोस्न गरिएको भन्दै कस्को योजनामा यस्तो निर्णय भयो आश्चर्य प्रकट गरे ।

No comments:

Post a Comment