त्यस्तै बन्दको प्रभाव चितवन र रुपन्देहीमा पनि परेको छ । आन्दोलनकारीले आज रुपन्देही, नवलपरासी र चितवन बन्द आव्हान गरेको हो ।
बन्दका कारण चितवन र रुपन्देहीमा पनि सवारी साधन चल्न सकेका छैनन् । त्यस्तै नवलपरासीमा केही फाट्टफुट्ट ट्रकहरु सञ्चालनमा आएपनि प्रहरीले कावासोतीमा रिफ्रेस सेन्टरमा लगेर राखिदिएको छ ।
त्यस्तै चितवनमा पनि सवारी साधन ठप्प रहेको छ । नारायणगढबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन सकेको छैन ।
No comments:
Post a Comment