२४ असार, नुवाकोट । नुवाकोटमा ककनी-१ सिस्नेरीमा सडकमाथि खसेको ठूलो ढुंगाले बसलाई किच्दा चालकसहित चार जनाको मृत्यु भएको छ । बसमा रहेका ६ जनलाई उद्धार गरिएको छ ।
नुवाकोटको देउरालीबाट काठमाडौं जाँदै गरेको बा २ ख २८४१ नम्वरको बस ककनी गाविस १ सस्नेरीमा पुग्दा माथिबाट आएको ठूलो ढुङ्गा लागेको थियो ।
ढुङ्गाले चेपिँदा बसका चालक रसुवा, भोर्लेका प्रदिमान विकको मृत्यु भएको छ । अन्य तीन जनको भने सनाखत हुन सकेको छैन ।
प्रहरीका अनुसार अहिले बसको अगाडिको भाग ढुंगाले थिचेको छ । अहिले बस काटेर घाइते तथा मृतकको शव निकाल्ने काम भइरहेको छ ।
उद्धार गरिएको ६ जना घाइतेको उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायव उपरिक्षक अरुणकुमार पौडेलले बताए ।
दुर्घटनापछि त्रिशुली काठमाडौं सडक खण्ड अवरुद्ध भएको छ ।


No comments:
Post a Comment