Recent Posts

Join us on Facebook Follow us on Twitter

Thursday, July 30, 2015

पोखराको भदौरेमा पहिरो, चारको मृत्यु, १५ घर पुरिए

१४ साउन, कास्की । कास्कीको भदौरेतामागी डुँडेको फाँटमा अविरल वर्षापछि आएको पहिरोले ४ जनाको ज्यान गएको छ । ४० भन्दा बढी बेपत्ता भएका छन् । पहिरोले भदौरेतामागीस्थित डुँडेको फाँट क्षेत्रका १५ भन्दा बढी घर पनि पुरिएका छन् । पहिरोले नौविसे, उपल्लाखेत लगायतका क्षेत्रमा समेत घर पुरिएका छन् ।


बस्ती नजिकै खहरे र हर्पनखोला बढेर सुरक्षित स्थान खोज्दै डाँडातिर उक्लिने क्रममा आएको पहिरोले बगाउँदा ४ जनाको ज्यान गएको मुक्ति समाज कास्कीका अध्यक्ष एवम् स्थानिय दामबहादुर विकले जानकारी दिए ।

घरलाई पहिरोले छानामात्रै देखिनेगरी घर पुरिएको उनले बताए । उनका अनुसार वेपत्ताहरुको स्थानियले उद्धार गरिरहेका छन् भने प्रहरी, सशस्त्र प्रहरी र सेनासहितको एक टोली त्यसतर्फ गइरहेको छ । त्यहाँ पुग्न कम्तीमा पनि ४ घण्टा लाग्ने बताइएको छ ।

कास्कीकै लुम्लेमा पहिरो जाँदा १२ घर पुरिएका छन् । लुम्ले वडा नम्बर ४ र ६ मा पहिरो जाँदा पहिरोमा परेका ३ जनाको शव भेटिएको छ भने अन्य केही वेपत्ता भएको स्थानीय शिक्षक विरेन्द्र गुरुङले जानकारी दिए । पहिरोले बाटो समेत अबरुद्ध हुँदा पोखरा-वागलुङ सडक अबरुद्ध भएको छ ।

No comments:

Post a Comment