Recent Posts

Join us on Facebook Follow us on Twitter

Saturday, July 11, 2015

इजरायलमा नेपालीका लागि रोजगारी पुनः खुल्दै

Jerusalem Israel२६ असार, काठमाडौं । इजरायलले नेपाली श्रमिकलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट गर्दै कृषि कामदार, परिचारक र प्रशिक्षार्थीलाई पर्याप्त अवसर दिने बताएको छ ।

सरकारीस्तरमा नै सम्झौता गरेर नेपालीलाई पुनः काम दिने जनाउँदै चाँडै नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउने बताएको छ । करिब नौ वर्षदेखि इजरायलले नेपाली कामदार लिन छाडेको छ ।


नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ५५ औँ वर्ष प्रवेशको अवसर पारेर नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले लगनशील, कामप्रति निष्ठावान नेपाली कामदारलाई पर्याप्त अवसर दिइने बताए ।

“नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउन इजराय र नेपाल सरकारका सम्बद्ध निकायबीच निकट सम्पर्कमा रहेर सहकार्य भइरहेको छ, त्यो चाँडै पूरा हुनेमा म आशावादी छु– श्रमिक निर्यातका विगतका कटु अनुभव दोहोरिन नदिन दुवै देशका सरकारले आपसी सम्झौता गरेर अघि बढ्ने निर्णय भएको सुनाउँदै उनले भने ।
घरेलु कामदार, परिचारक/सुसारेलाई चयन गरी व्यावसायिक एवम् प्राविधिक तालिम दिएर परीक्षणका रुपमा इजरायल पठाउने योजनामा दुवै देशका सरकार रहेका उनले जानकारी दिए ।

कामदार चयन पारदर्शी ढङ्गले गरिने उनले प्रष्ट पारे ।

साना किसान बैंकसँगको सहकार्यमा मासिक एक लाख २५ हजार तलब पाउने गरी १० महिने कृषि तालिमअन्तर्गत गत वर्ष दुई सय, यो वर्ष पाँच सय जना विद्यार्थी इजरायल गइसकेका छन्र । राजदूत मेयरले आगामी वर्ष छ सय जना प्रशिक्षार्थीलाई अवसर दिइने घोषणा पनि गरेका छन् ।

उनले भूकम्पपछि नेपाललाई थप सहायताको आवश्यकता परेकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “भूकम्पले सिर्जना गरेका चुनौतीलाई शक्ति, सामथ्र्य र अवसरमा रुपान्तरण गर्न सकिन्छ, मित्र मुलुकका नाताले समस्यामा परेको नेपाललाई हरसंभव सहयोग गरिरहन्छौ,”– उनले भने ।

कृषि क्षेत्रमा भएको क्षतिबाट उठ्न नेपाललाई प्रविधि र सीपको खाँचो छ भन्दै उहाँले कृषि प्रविधि केन्द्र स्थापना, पुनः निर्माणमा इजरायली प्रविधि र विज्ञको सहयोग, मत्स्यपालनजस्ता जलप्रविधिमा आधारित कृषिको विकास, ऐतिहासिक एवम् पुरातात्विक महत्वका सम्पदाको संरक्षणमा इजरायलले सहयोग गर्ने तयारी गरेको उनले जानकारी दिए । रासस

No comments:

Post a Comment