२२ जेठ, काठमाडौं ।
नेपालमा बैशाख १२ गतेको मुख्य भूकम्प र त्यसपछि बैशाख २९ मै आएको अर्को शक्तिशाली भूकम्पका कारण ठूलो विनाश मच्चिएपछि संसारको ध्यान नेपालमा तानियो । संसारभरीका चर्चित मिडिया नेपाल आए ।
नेपालको भूकम्प अहिले पनि संसारभरी चर्चा र अध्यनको विषय बनिरहेको छ । भूकम्प पछि नेपालमा मच्चिएको विनाशका तस्विर संसारभरीका सञ्चार माध्यमबाट इन्टरनेटमा भाइरल बने ।
यहाँ नेपाली भूकम्पमा सर्वाधिक चर्चित बनेका ३० तस्विर संकलन गरिएको छ । जुन विश्वका चर्चित सञ्चार माध्यमको हेडलाइन सहित प्रकाशित भए र गुगल सर्चमा समेत सबैभन्दा माथि देखिन्छन् ।
भूकम्पले भत्काएको काठमाडौंको शान धहराको भत्किएका तस्विर संसारमै सबै भन्दा चर्चित रहेको देखिन्छ ।
भग्नावशेषमा पुरिएको अवस्थामा फेला परेको एक युवकको शवसहित इण्डियन एक्सप्रेसमा प्रकाशित तस्विर
भग्नाबशेषमा देखिएको महिलाको शव सहित एपीका पत्रकारले खिचेको तस्विर
भग्नाबशेषमा पुरिएका दुधे बालकलाई घण्टौं पछि उद्दार गरेर जिवितै फेला पार्दाको क्षण
भूकम्पले सबै संरचना भत्काएपछि उजाडिएको बसन्तपुर दरबार क्षेत्र एपीको तस्विर
भग्नावशेष भित्रको विद्रुप दृष्य सहित विविसीको फिचर
भूकम्पले क्षतविक्षत स्वम्भू क्षेत्रको रोयटर्सका किशोर रानाले लिएको तस्विर
भत्किनु अघिको घरहरा भत्किएपछिको अवस्था र त्यसमा रहेका इट्टा सहित बेलायती पत्रिका मिररमा प्रकाशित तस्विर
भूकम्पको केन्द्र विन्दु गोरखाको बारपाक क्षेत्रको द टाइममा प्रकाशित तस्विर
भूकम्पपछि विश्वको सर्वोच्च शिखर सगरमाथामा गएको हिमपहिरो पछिको दृष्य बेलायतको चर्चित पत्रिका द टेलिग्राफमा
बेलायतको चर्चित अखबार दि गार्डियनले नेपाली भूकम्पमा मारिएकाहरुको शव जलाउँदै गरेको पीडादायी दृष्य यसरी प्रकाशित गरेको थियो
भूकम्पमा बाँचेपछि आफ्नो बच्चालाई चुम्बन गर्दै गरेकी महिलाको दारुण दृष्य
भूकम्पछि भग्नावशेषमा भेटिएका एक ब्यक्तिको यो मन रुहाउने दृष्य
इन्टरनेशनल हेराल्ड ट्रिव्युनमा प्रकाशित युवक भग्नाबशेषबाट उद्दार भएको यो लोकप्रिय तस्विर
भूकम्पले भत्किएका संरचना सम्बन्धी विविसी अनलाईन संस्करणमा प्रकाशित फिचर
आशा मारिसकेको अवस्थामा एक युवकको जिवितै उद्दार गरेपछि विश्वभरी हेडलाइन बनेका सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरु
भूकम्पपछि सर्वस्व गुमाएको पीडामा सिन्धुपाल्चोकमा वृद्ध-वृद्धा
भूकम्पका कारण चिरिएको भक्तपुरको ६ लेन सडक
सिन्धुपाल्चोकमा भूकम्पको भग्नावशेषको तस्विर लिँदै एक विदेशी
कतिपय तस्विर गुगल सर्चका आधारमा निकालिएका कारण सम्बन्धित फोटो पत्रकारलाई सौजन्य दिन नसेकोमा क्षमा प्रार्थी छौंः नेपाली हेडलाइन्स
No comments:
Post a Comment