Recent Posts

Join us on Facebook Follow us on Twitter

Friday, June 19, 2015

एसएलसीको नतिजा प्रकाशित, नियमिततर्फ ४७.४३ प्रतिशत उत्तीर्ण

एसएलसी २०७१ को नतिजा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष ४७.४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

यस वर्ष एसएलसीमा ५ लाख ७४ हजार ६ सय ८५ मध्ये नियमिततर्फ ४ लाख २६ हजार २ सय १४ र आंशिकतर्फ १ लाख ४५ हजार १ सय ८३ सहभागी थिए। प्राविधिकतर्फ ३ हजार ३ सय ८८ विद्यार्थी सहभागी थिए। परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो।

यसरी हेर्न सकिन्छ एसएलसीको नतिजा

सएलसीको नतिजा थाहा पाउन एसएमएस, आइभीआर र वेबसाइटमा हेर्न मिल्ने व्यवस्था गरिएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार विद्यार्थीलाई नतिजा हेर्न सहज होस् भनेर यो व्यवस्था गरिएको हो ।
परीक्षा नियन्त्रक द्वारेका अनुसार इन्टरनेटको पहुँच नभएकाले एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सक्नेछन् । त्यसको लागि SLC लेखेर एक स्पेस दिएपछि सिम्वल नम्बर लेखेर ५५६६, १६००,  ५००१, ४९४९, ५२२५, ७६७६ मा एसएमएस गर्न सकिन्छ ।

यस्तै १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसैगरी शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मा परीक्षाफल हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

परीक्षा नियन्त्रक द्वारेका अनुसार शिक्षा विभागको वेवसाइट www.doe.gov.np र परीक्षा नियन्त्रण कार्यलय सानोठिमीको वेवसाइट www.soce.gov.np मा परीक्षाफल हेर्न सकिनेछ । योसँगै www.slc.ntc.net.np,www.ncell.com.np मा परीक्षाफल हेर्न सकिनेछ ।

परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी गरिएको बताउँदै परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले  अन्तिम रुजु गरेर परीक्षाफल सार्वजनिक गरिने बताए ।

प्राविधिक विषयको नतिजा एक हप्ता ढिलो हुने
यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने र श्रेणीकरण पद्धतिबाट हुने द्वारेले बताए ।

यस वर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६ सय ८५,  पुनः परीक्षातर्फ एक लाख ४५ हजार एक सय ८३ तथा प्राविधिकतर्फ तीन हजार दुई सय ८८ छन् । परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो ।

एसएलसीको नतिजा थाहा पाउन एसएमएस, आइभीआर र वेबसाइटमा हेर्न मिल्ने व्यवस्था गरिएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार विद्यार्थीलाई नतिजा हेर्न सहज होस् भनेर यो व्यवस्था गरिएको हो ।

परीक्षा नियन्त्रक द्वारेका अनुसार इन्टरनेटको पहुँच नभएकाले एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सक्नेछन् । त्यसको लागि SLC लेखेर एक स्पेस दिएपछि सिम्वल नम्बर लेखेर ५५६६, १६००,  ५००१, ४९४९, ५२२५, ७६७६ मा एसएमएस गर्न सकिन्छ ।

यस्तै १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसैगरी शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मा परीक्षाफल हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
परीक्षा नियन्त्रक द्वारेका अनुसार शिक्षा विभागको वेवसाइट www.doe.gov.np र परीक्षा नियन्त्रण कार्यलय सानोठिमीको वेवसाइट www.soce.gov.np मा परीक्षाफल हेर्न सकिनेछ । योसँगै www.slc.ntc.net.np,www.ncell.com.np मा परीक्षाफल हेर्न सकिनेछ ।

परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी गरिएको बताउँदै परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले  अन्तिम रुजु गरेर परीक्षाफल सार्वजनिक गरिने बताए ।

प्राविधिक विषयको नतिजा एक हप्ता ढिलो हुने
यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने र श्रेणीकरण पद्धतिबाट हुने द्वारेले बताए ।

यस वर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६ सय ८५,  पुनः परीक्षातर्फ एक लाख ४५ हजार एक सय ८३ तथा प्राविधिकतर्फ तीन हजार दुई सय ८८ छन् । परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो ।

No comments:

Post a Comment