Recent Posts

Join us on Facebook Follow us on Twitter

Tuesday, June 30, 2015

कसरी बनाउने नेपाल ! हेर्नुस अनिल शाहका ‘५ फर्मुलाहरु’

1701407928_1435576555.jpgनेपाललाई सिंगापुर, चाइना, जर्मनी बनाउँछु भन्ने गफ हानेर मात्र बस्ने हो भने हामी काहीं पनि पुग्दैनौ । नेपाललाई अरु कुनै देशजस्तो बनाउने होईन की जतिसक्दो राम्रो नेपाल र हाम्रो नेपाल बनाउनुपर्छ । त्यसका लागी देशको आर्थिक रुपान्तरण हुनुपर्छ । आर्थिक रुपान्तरण हुनलाई मेरो विचारमा नेपालको अर्थतन्त्र ५ वटा खम्बामा उभिनु पर्छ सबैभन्दा पहिलो भनेको किसानहरुको देश हो र कृषि प्रधान भनेर हामीले भन्ने गरेका पनि छौं । त्यसैले कृषिलाई महत्वपुर्ण खम्बा मानेर अघि बढ्नु पर्छ ।
कृषि

हामीले नेपाललाई कृषिप्रधान मुलुक भनिराख्दा आज कृषिको उत्पादकत्व निकै कमजोर अवस्थामा रहेको छ । यो कृषिमा प्रोडक्टीभिटी र प्राइडलाई इनक्रिज गर्नुपर्छ । प्राइडको कुरा गर्दा आज किसानको छोराछोरीले मेरो बुवा किसान हो भन्न लजाउनुहुन्छ । यो कसरी परिवर्तन गर्ने की मेरो बुवा डक्टर, इन्जिनियर, बैंकर हो भनेको जस्तै मेरो बुवा किसान हो भन्दा छोराछोरीले गर्व गर्यो भने छोराछोरीलाई म पनि किसान हुन्छु भन्ने चाहना हुन्छ । पहिले त त्यो प्राइड ल्याउनुपर्छ । अर्को धान चामलको उत्पादकत्व बढाउने कुरा मात्र होइन प्रडक्टिभिटी, यो चाहीं अलि आधुनिक किसिमले फोकस गरेर कृषिमा विकास गर्नुपर्छ ।

टुरिजम

नेपाल यति राम्रो देश होकि यहाँ संसारै आउन चाहन्छ । अँझ संसारलाई छोडौं, हाम्रो छिमेकी राष्ट्र चाइना र इन्डियाको टुरिष्टलाई मात्र हामीले यहाँ लिएर आउन सक्यौं भने देखी नेपालको अर्थतन्त्रमा पुरा परिवर्तन हुन्छ । यहाँ पाँचतारे ठुलाठुला होटल रेस्टुरेन्टमा मात्र होइन, समावेशिता टुरिजममा कसरी ल्याउने ताकी आज पनि ५ तारे होटलको विहानको नास्तामा हेर्नुहुन्छ भने अधिकांश त्यहां खाइराखेको चिजहरु नेपालमा उत्पादन भएकै हुंदैन । कतिवटा अष्ट्रेलियाबाट आएको हुन्छ । हाम्रो उत्पादन हुने स्याउ होस मुला, गाजर, माछा जस्ता बस्तु त्यहाँ भेटिँदैनन । हो त्यसैले त्यो कसरी टुरिजममा इन्टिग्रेट गर्ने ताकी टुरिजमको बेनिफिट गाउँगाउँ र घरघरका सबै नेपालीलाई होस् ।

सर्भिस सेक्टर

नेपालको अर्थतन्त्रको अर्को महत्वपुर्ण मेरुदण्ड भनेको सर्भिस सेक्टर (बैंक, हेल्थ एजुकेशन अन आउटसोर्सिङ् आदी) हो । अहिले हामीसँग भएको युवा जनशक्तिको सिप राम्रो छ । अंग्रेजी राम्रो छ त्यो कारणले गर्दा सर्भिस सेक्टरलाई आकर्षित गर्न सक्यौं भने रोजगारी एकदम बुम हुन्छ । त्यो जनशक्तिलाई व्यवस्थित गरेर यो सेवामुलक क्षेत्रलाई सम्पन्न गराउन सक्दछौं ।

पुर्वाधार (हाइड्रो, सिमेन्ट र ट्रेडिङ्ग)

नेपालको बिकासको लागी केही गर्नुपर्ने चौथो महत्वपुर्ण क्षेत्र पुर्वाधार हो । जस्मा पनि ३ वटा बिषयगत क्षेत्रहरु छन । पहिलो हाइड्रो, नेपालको पानी प्रगतिको खानी सबैलाई थाहा छ । सिमेन्ट, लाइन्सटोन यस्तो राम्रो छ नेपालको सिमेन्टको माग नेपामा मात्र होइन बाहिर पनि उत्तिनै छ । त्यस्तै, ट्रेडिङ्को पनि निकै ठुलो सम्भावना छ । खासगरी इन्डिया र चाइनाको अर्थतन्त्रलाई लिंक गर्न हामीले ट्रेडिङ् रुट मात्र बन्न सक्यौं भने पनि देशको अर्थतन्त्रमा धेरै ठुलो सकरात्मक प्रभाव पर्छ ।

जनशक्ति

देशको बिकासको लागी अर्को महत्वपुर्ण बिकासको मेरुदण्ड भनेको जनशक्ति हो । नेपाल जनशक्तिको दृष्टिले संसारकै ४०औं ठुलो देशमा पर्दछ । हामी कहाँ सानो छौं र हामी त धेरै शक्तिशाली छौं । तर अहिले हामीले हिरालाई कौडीमा फालिरहेका छौं भनेको अहिले हामीले यतिठुलो सम्पत्तिको रुपमा रहेको पपुलेशनलाई विदेश पठाइराखेका छौं । हामीले पपुलेशनलाई दायित्व सम्झिईरहेका छौं । यो जनशक्तिलाई मोभिलाइज गर्न सक्यौं भने हाम्रो देशको रुपरंग नै बदलिन्छ । त्यसका लागी हामीले अनस्किल्डलाई सेमिस्किल्ड, सेमिस्किल्डलाई स्किल्ड र स्किल्डलाई प्रोफेशनल बनाउनु पर्छ र त्यसलाई राष्ट्र निर्माणमा परिचालन गर्नुपर्छ । यति गर्नेहो भने एकाध बर्षहरुमा नै हामी बिश्वलाई हाम्रो देशमा ध्यान केन्द्रित गराउन सक्छौं ।

No comments:

Post a Comment