Recent Posts

Join us on Facebook Follow us on Twitter

Saturday, June 20, 2015

एसएलसीको मौका परीक्षा साउन २० देखि (परीक्षा तालिकासहित)

५ असार, काठमाडौं । २०७१ सालमा लिएको एसएलसी परीक्षामा ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उर्त्तिण भएका छन् । यो अघिल्लो वर्षको तुलनामा ३ दशमलव ५१ प्रतिशत बढि हो ।

परीक्षा नियन्त्रण कार्यालयले परीक्षामा दुईटा विषयमा अनुर्त्तिण हुने विद्यार्थीका लागि पूरक परीक्षाको व्यवस्था गरेको छ । मौका परीक्षाका रुपमा लिइने परीक्षा आगामी साउन २० गतेदेखि सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा साउन २७ गतेसम्म सञ्चालन हुनेछ ।


परीक्षा बिहान आठ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए ।
हेर्नुहोस परीक्षा तालिका

No comments:

Post a Comment