Recent Posts

Join us on Facebook Follow us on Twitter

Wednesday, June 17, 2015

काठमाडाैंलाई केन्द्रबिन्दु बनाएर बिहानै भूकम्पको धक्का


२ असार, काठमाडौं । बुधबार बिहानै भूकम्पको धक्का महशुस भएको छ । बिहान ५ बजेर ५८ मीनेट जाँदा काठमाडौंलाई केन्द्र विन्दु बनाएर ४.४ म्याग्निच्यूटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि मंगलबार राति नौ बजेर ५६ मीनेटमा दोलखालाई केन्द्र विन्दु बनाएर ४.१ म्याग्निच्यूटको पराकम्पन गएको थियो ।

गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि पराकम्पन आउने क्रम जारी रहेको छ । यो क्रम अझै केही समय जारी रहने भूकम्प विदहरुको भनाइ छ । पराकम्पन आउनेक्रम पहिले भन्दा पातलिएको छ ।

No comments:

Post a Comment