Recent Posts

Join us on Facebook Follow us on Twitter

Friday, June 12, 2015

बिहानै गोरखालाई केन्द्र बिन्दु बनाएर ४.६ को पराकम्पन

२९ जेठ, काठमाडौं । गोरखालाई केन्द्र बिन्दु बनाएर शुक्रबार बिहानै ४.६ रेक्टरस्केलको पराकम्पन गएको छ ।
बिहान एक बजेर २२ मीनेटमा गोरखाको लाप्राकलाई केन्द्र बिन्दु बनाएर ४.६ रेक्टरस्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, काठमाडौंले जनाएको छ ।

यसअघि बिहीबार तीन पटक भूकम्पका पराकम्पन गएका थिए । बिहानै दोलखालाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टरस्केल, १० बजेर २ मीनेटमा सिन्धुपाल्चोक केन्द्र बनाएर ५.३ रेक्टर स्केल तथा राति ९ बजेर ५७ मीनेटमा सिन्धुपाल्चोकलाई नै केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्पका पराकम्पन गएको केन्द्रले जनाएको छ ।
गत वैशाख १२ गते गएको भूकम्पपछि त्यसका पराकम्पन आउनेक्रम जारी रहेको छ । यो क्रम अझै केहीसमय चल्ने राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

No comments:

Post a Comment