३१ बैशाख, काठमाडौं ।
हुन त नेपाल र नेपाली भन्ने वित्तिकै संसारमै सबैभन्दा सहनशील मानव समुदाय भनेर बुझ्न थालिएको छ । तर पछिल्लो विनाशकारी भूकम्पको श्रृंखलाले भने धेरै नेपालीलाई विचलित बनाएको छ ।
यो विपत्तिको समयमा पनि नेपालीहरु पुरै विचलित भने भएका छैनन् । भूकम्प आएपछि पनि नेपालीहरु हाँस्ने कोशिस गरिरहेका छन् । खासगरी भूकम्पपछि आएका पराकम्पनहरुलाई धेरै नेपालीहरुले मजाक बनाउन थालेका छन् ।यहाँ हामीले भूकम्पपछि नेपालमा चर्चित बनेका केही जोक संकलन गरेका छौं ।
जतिबेला पनि भूकम्प महसुस हुन थालेपछि पराकम्पनलाई कतिपयले मिस्ड कल (Missed Call) सँग तुलना गरेका छन् भने कतिपयले भित्रै गएर प्लेट मिलाउने कल्पना गरेका छन् ।
भूकम्प अघि अग्ला घर हुनु सानको विषय भएपनि भूकम्पपछि अग्ला घर हुनेलाई झनै डर भएको र छोरी नदिने अवस्था आएको भन्दै पनि कतिपय जोक बनेका छन् ।
त्यसैगरी कतिपयले बारम्बार आइरहने पराकम्पनलाई औषधीसँग तुलना गरेका छन् । 

कतिपय जोक अलि हल्का भएपनि अधिकाँश भने घत लाग्दा देखिन्छन् ।
No comments:
Post a Comment