Recent Posts

Join us on Facebook Follow us on Twitter

Wednesday, May 27, 2015

सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

१३ जेठ, काठमाडौं । बुधबार एक घण्टाको अवधिमा २ पराकम्पनको धक्का महसुस भएको छ । १ बजेर १५ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बुधबारै १२ बजेर ३ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्पन गएको थियो ।
धक्का महसुस गरेकाहरु घरबाट बाहिर निस्किएका थिए ।

गत वैशाख १२ गते गोरखाको वारपाकलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको एकमहिनाको अवधिमा २० हजार पटक साना-ठूला पराकम्पन गएको भूकम्प मापन केन्द्रको तथ्यांक छ ।

No comments:

Post a Comment