Recent Posts

Join us on Facebook Follow us on Twitter

Wednesday, May 27, 2015

रसुवा केन्द्र बनाएर फेरि गयो भूकम्प

मंगलबार राति रसुवालाई केन्द्र बिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १० बजेर ५२ मिनेटमा ५ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो।


भूकम्पको धक्का रसुवा, नुवाकोट, काठमाडौं उपत्यका, धादिङ, काभ्रे र सिन्धुपाल्चोकसहितका जिल्लामा महसुस भएको  केन्द्रले जनाएको छ । योसँगै मंगलबार ५ वटा भूकम्पको धक्का महशुस भएको छ।
यसअघि राति १० बजे ललितपुर र काभ्रे जिल्लाको सिमाना केन्द्रबिन्दू भएको ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यसअघि साँझ ६ बजेर ३९ मिनेटमा र ५ बजेर ४८ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भयो । आजै दिउँसो २ बजेर ११ मिनेटमा ४.३ म्याग्निच्युटको भूकम्पको धक्का महुसस भएको हो।

No comments:

Post a Comment